प्रचलित ऐन कानुन विपरित जनज्योति विद्यालयमा शिक्षक नियुक्ति

गाैमुखी गाउँपालिका ४ पुजा स्थिति जनज्योति अाधारभुत विद्यालयमा स्थानीय सरकारकाे शिक्षा नियमावली विपरीत शिक्षक नियुक्ति गरेकाे पाइएकाे छ । निजी स्राेतकाे शिक्षक नियुक्ति प्रक्रियामा प्रचलित ऐन कानुनकाे धज्जी उडाउँदै परिक्षा गराएर शिक्षक छनाेट गर्दा विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् ।

निजी स्राेतबाट तलब भत्ता खुवाउने गरि विद्यालय व्यवस्थापन समितिले गरेकाे निर्णय बमाेजिम खाेलिएकाे पदपूर्ति प्रक्रियामा मनपरि गरेकाे पाइएकाे हाे । विद्यालयले भदाै ७ गते विज्ञापनकाे सुचना टाँस नगरिकनै विद्यालय र विद्यालय व्यवस्थापन समितिकाे मिलेमताेमा पूणिमा पुन मगरलाई अवैध तवरले नियुक्ति गरेकाे स्थानीयले थाहा पाएपछि विरोध जनाएका थिए । विद्यालयकाे साे बदमासी विरुद्ध अभिभावककाे विराेध र सावित्रा पाेख्रेलकाे लिखित रुपमा अवैध नियुक्ति बदरकाे निवेदन परेपछि मात्रै बिज्ञापन सार्वजनिक गरि गत भदौ २५ गते गाैमुखी गाउँपालिकामा परीक्षा गराइएको थियाे ।

साे परिक्षामा पनि पालिका र विद्यालयले दुईवटा विज्ञ शिक्षक नराखिकनै मनोमानी तवरले परीक्षा गराएर पदपूर्ति गरिएको स्थानीय केशव न्याैपानेले प्राणमञ्चसँगकाे कुराकानीमा बताए ।

ऐनविपरित पुनः पुरानै उम्मेदवारलाई नियुक्ति !

रिक्त पदमा शिक्षक नियुक्त गर्दा दुई जना विषय विशेषज्ञ अनिवार्य हुनुपर्ने नियमावलीमा व्यवस्था भएको विषयलाई लत्याउँदै गाैमुखी गाउँपालिकाले नै अवैध तरिकाले पदपूर्ति गरेकाे छ । गाैमुखी गाउँपालिकाकाे शिक्षा नियमावलीकाे धारा ७९ काे उपनियम दुईमा व्यवस्था गरिएको ´दुई जना विज्ञ शिक्षकले आयाेगले ताेकेकाे पाठ्यक्रम बमोजिम परिक्षा लिई नियुक्त गर्नुपर्ने` प्रावधान भएकाे भएपनि त्यसविपरीत १ जना मात्रै विज्ञ शिक्षक राखेर शिक्षक नियुक्ति गरिनु पालिकाकाे शिक्षा शाखा र विद्यालयकाे गम्भीर त्रुटि भएको शिक्षा सम्बद्ध सराेकारवालाहरुले जनाएका छन् ।

हरेक पालिकाले केन्द्रकाे नियमावलीसँग नबाझिने गरि आफ्नो नियमावली बनाएकोले त्यसकाे मर्मविपरीत जान नहुने शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पण्डितले बताए । प्राणमञ्च ब्युरोसँगकाे कुराकानीमा उनले भने ´संघीय सरकार र स्थानीय सरकारकाे नियमावली अनुसार त्यहाँको शिक्षा शाखा र विद्यालयले काम अनाधिकृत काम गरेकाे भए उनीहरु नै फेल भएको बताउँदै त्यसाे गर्ने गराउने छुट कसैलाई छैन ।`

प्रधानाध्यापककाे गैरजिम्मेवारी जवाफ

अवैध ढंगले शिक्षक नियुक्ति गरेकाे सुचनाका आधारमा प्राणमञ्च मिडियाकाे ग्रुपले खास कुरा के हाे भनी विद्यालयको प्रधानाध्यापक शान्ता अर्यालसँग जिज्ञासा राख्याे । जवाफमा उनले कानुन विपरीत कुनै काम नभएको बरु अर्का आकांक्षीकाे नाम ननिस्किएकाेले नियाेजित रुपमा विषयवस्तु बङग्याएकाे आराेप लगाइन् । पहिले पनि विज्ञापन टाँस नगरिकन शिक्षक नियुक्ति गर्नुभएकोमा त्याे बदर भएपछि गरिएको अर्काे परिक्षामा पनि किन दुई जना विषय विज्ञ नराखीकनै परीक्षा गराउनुभएकाे, यसमा तपाइहरुकाे स्वार्थ रहेन र ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन, ´पहिलाे कुरा त हाम्राे शिक्षा नियमावलीमा दुई जना विज्ञ राख्ने उल्लेख नै छैन तर सबैतिर दुईजना राख्ने गरेकाे जानकारी भएको भएपनि अनावश्यक खर्च किन गर्ने भनेर एकजना मात्रै राखिएको हाे, हामीले याेग्य उम्मेदवारीको छनाैट गरेकाेमा कसैकाे टाउकाे दुखाई हुनसक्छ भने त हामीले के गर्न सक्छाैँ र ? हामीले पूर्णरूपले कानुनकाे परिधिभित्र रहेर काम गरेका छाै ।` उनले यदि याे छनाैट प्रक्रिया गलत भएकाे भए हालसम्मका परिक्षामार्फत नियुक्ति गरिएका सबै उम्मेदवारी रद्द गरेर नयाँ परीक्षा गराई पून: नियुक्ति गर्नुपर्ने जिकिर गरिन् ।

पालिका जवाफविहीन

यस विषयमा गाैमुखी गाउँपालिकाकाे शिक्षा शाखामा चासाे राख्न खाेज्दा सिङ्गो पालिका नै सम्पर्क विहिन भएको छ । शिक्षा शाखा प्रमुख अाेमहरी पाेख्रेलले उमेर हदभन्दा बढी सेवासुविधा लिएक उजुरीकाे आधारमा अख्तियारकाे फन्दामा परेका छन् । पालिकाका सुचना अधिकारीकाे फाेन लगातार हान्दापनि उठ्दैन भने प्रमुख प्रशासकीय अधिकृतकाे नम्बर स्विच अफ गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation