बागचौर नगरपालिकामा सरसफाई कार्यक्रम

संबिधान दिवसको मौका पारी सल्यानको एक स्थानीय तहले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बागचौर नगरपालिकाले ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचौर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको हो ।

पालिकाको पहलमा गरिएको सरसफाई कार्यक्रमले नगरवासीमा पनि सरसफाई मानव सभ्यताको पहिलो जननी हो भन्ने विषयलाई उजागर गर्न खोजिएको नगर प्रमुख जनकराज गौतमले बताए । उनले सबै नगरवासीले आफु वरपरको वातावरण सफा राख्न अनिवार्य भएको बताउँदेै सफा नगर अभियानमा सबै एबताबद्ध भएर लाग्न अनुरोध पनि गरेका छन् ।

सरसफाइ कार्यक्रममा बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतम, नगर उप(प्रमुख सुम्निमा डि.सी (वली) प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतम, वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी, वडा नम्बर ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्यहरु, नेपाल प्रहरी, बागचौर नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी र स्थानियहरुको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation