कपनको भीषण आगलागीमा परि तिन जनाको ज्यान गयो

५ असोज, काठमाडौं

कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुनसकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ ।

आगो के कति कारणले लाग्यो र थप के कस्तो क्षति भएको छ भन्ने विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation