घाेराही लमही सडक खण्डमा बस दुर्घटना हुँदा २ जना घाइते
प्राणमञ्च ब्युराे
प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७९
घाेराहीबाट बुटवलका लागि छुटेकाे यात्रुबाहक बस दुर्घटनामा परेकाे छ । १५ जना यात्रु बाेकेर बुटवल जाँदै गरेकाे बस करिब १२ बजे कुइरेपानी नजिकैको पूर्वी अाेरालाेमा पल्टिँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा पुर्णवासी थारु, रुपन्देही सैनामैना ४ र
घाेराही उपमहानगरपालिका १४ कि ४६ वर्षीया विष्णु बुढाथोकी रहेका छन् ।
घाइते विष्णु बुढाथोकीलाई टाउकाेमा चाेट लागेकाे र खतरामुक्त रहेकाे पनि अस्पताल स्राेतले जनाएकाे छ । अन्य यात्रुहरु सामान्य घाइते रहेका छन् भने दुबै जनाकाे उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेकाे प्रहरी चाैकी गाेग्लीका प्रमुख
प्रहरी नायक निरिक्षक बत्ती कुमार पाेख्रेलले जनाएका छन् । तिव्र गतिमा रहेकाे कार र बस एक आपसमा ठाेकिनबाट जाेगाउन खाेज्दा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । बस सडकबाट नालामा खसेकाे छ ।