समाजसेवी चन्दद्वारा जन्मोत्सवको अवसरमा ५१ हजार बढी आर्थिक सहयोग

 

समयको मागसङ्गै मानिसले गर्ने हरेक चलनचल्ती र रितिरिवाजहरुमा पनि परिवर्तन हुँदै आईरहेको छ । भड्किलो पुजीवादी वजारको अनेकौँ तीकडमका प्रतिस्पर्धाले खास मानवीय सहयोग र सद्भावको सिमा कटेको छ । यद्यपी समाजमा कैयौँ यस्ता मान्छेहरु पनि छन् जो आफुलाई भन्दा बढी समाजलाई केन्द्रमा राख्छन् र सोहि अनुरुपका क्रियाकलापमा सरिक हुन्छन् ।

जन्मदिन लगाएतका रितिरिवाज र संस्कृति मनाउने तौरतरिकामा सामाजिक परिवर्तन तथा सुधारका प्रयासबाट समाजिक विकासतर्फ मोडिनु आफैमा सकारात्मक पक्ष हो । पछिल्लो समयमा धेरैजसो व्यत्तिःmहरुले आफ्नो जन्मदिनमा कुनै महत्त्वपूर्ण सामाजिक, आर्थिक विकासको हेतुलाई टेवा पुग्नेगरीं सहयोग स्वरुप नगद तथा जिन्सि हस्तान्तरण गरेको कैयौँ उदाहरण छन् ।

यस्तो पवित्र कामको सिलसिलामा समाजसेवी एवं नेपाल प्रहरीमा कार्यरत सचेत युवा रवि चन्द पनि जोडिएका छन् । प्युठानको गौमुखी गाउपालिका वडा न – ५ ठुलाबेसिमा जन्मिएका रबि चन्दले आफ्नो जन्मदिनको अवसरमा गौमुखी – ६ लिबाङ्गमा रहेको लिवाङ्ग स्वास्थ्य चौकीमा एम्बुलेन्स किन्नको लागि रु २५ हजार ५ सय २५ रुपैयाँ र खुङ्गमा माध्यमिक विद्यालय स्थापनाको लागि रु २५ हजार ५ सय २५ रुपिया सहयोग गर्ने निर्णय गर्नुभएको छ ।

खेलखुद, सांगितिक तथा हरेक सामाजिक सांस्कृतिक कार्यक्रममा सक्रियपुर्वक सरिक हुने रवि चन्दको बुवा धिर्ज बहादुर चन्द र आमा कमला चन्दको कोखबाट विक्रम संवत २०४६ साल असोज ८ गते माहिलो सन्तानको रुपमा जन्म भएको थियो । चन्द २०६४ साल भाद्र महिनाको ३१ गते नेपालगन्जबाट नेपाल प्रहरीमा भर्ना चन्द हाल ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत छन् । जन्मदिन मनाउने भड्किलो सोच एवम अनावश्यक खर्चलाई कटौती गर्दै यस बर्षको जन्मदिनको अबसर पारी सहयोग गर्ने निर्णय गरेको रबि चन्दले बताउनु भएको छ ।

चन्द समाजसेवीको रुपमा पनि अग्रस्थानमा चिनिन्छ्न । आफले गरेको सानो सहयोगले समाजमा सकारात्मक चीन्तनको विकाससँगै व्यक्तिगत काममा गरिने फजुल खर्चमा कम गरि समाज विकासमा लगाउने सवैलाई उत्प्रेरणा जगाउन यसो गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation