कपुरकाेट गाडी दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा शाेक व्यक्त

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको प्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी मदन चन्दद्वारा हस्ताक्षरित  एक शाेक बक्तव्य जारी गर्दै  दुु :ख व्यक्त गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा जिर्न बाटाेका कारण दुर्घटना भएको प्रति सराेवालाहरु ध्यान नजानु दुखद पक्ष भएको बताएका छन ।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियोे । यस्तो शाेक बक्तव्य पुर्ण पाठ :

शोक वक्तव्य
आज बिहान ३:३० बजे बाँके जिल्ला ढकेरीमा बिहेमा सहभागी भइ फर्किने क्रममा सल्यान कपुरकोट गाउँपालिका वडा ३ मुलपानीमा रा १ ज ५६३ जिप दुर्घटना हुँदा ८ जनाको घटना स्थलमै मृत्यु र १ जना गम्भीर घाइते भएको खबरले हाम्रो पार्टीलाई अत्यन्तै दुखी बनाएको छ।
दुर्घटनामा परि आफ्नो अमुल्य जीवन गुमाउनेहरुप्रति भावपुर्ण श्रद्वान्जली व्यक्त गर्दछौं। आफन्तजनको मृत्युले शोकमा पर्नुभएका सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। घाइते तिलक ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
बाटोको जिर्न अवस्था लगएतका कारण सल्यानमा पटकपटक यस्ता खाले दुर्घटनाले ठुलो मानवीय क्षति हुने गरेको छ। सडकको स्तरउन्नति गर्ने तिर सरोकारवाला निकाए कसैको प्रभावकारी भुमिका देखिदैन ।सजगता अपनाएर यातायात सन्चालन गर्न र यात्रा गर्न सवैलाइ हार्दिक अनुरोध गर्दछौं ।
१२ आश्विन २०७९
मदन चन्द
जिल्ला सेक्रेटरी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation