बालमन्दिरमा नाँचगान गर्दै यसरी सिक्छन् वौद्धिक अपांग विद्यार्थीहरु

राज्यको आधारभुत सेवा सुविधाबाट कटेको अपांग÷निमुखा वर्ग समुदाय आज पनि पिछडिएको छ । तथापि पछिल्लो समय वौद्विक अपांग समुदाय सिर्जनशील ढंगले पढिरहेको ,लेखिरहेकोसँगै दैनिक जीवन व्यवहारमा परिवर्तन ल्याएको कयौँ उदाहरण पनि छन् । यो समुदाय परिवारीक तथा सामाजिक रुपमा बोझको रुपमा लिने गलत परम्परा पनि छ ।
सरकारले उनीहरुको शैक्षिक पहँुच सुनिश्चित गर्ने विभिन्न विषेश खाले शिक्षाको व्यवस्था गरिरहेको छ । केन्द्र सरकारको नीति अनुरुप लुम्बिनी प्रदेशले पनि दाङको घोराहीमा प्रेदेशस्तरमा वौद्विक अपांगसहित विभिन्न अपांग पढाउने वृहत् योजना सहित काम सञ्चालन गरिरहेको छ ।

यहाँ लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ४१ जन विद्यार्थीहरु आवाससहित अध्ययनमा रमाइरहेको र वौद्विक अपांगहरु पनि समाजमा सकारात्मक योगदान दिन सक्छन्, यिनको वहुविकासका निम्ति राज्य, समुदाय र परिवार जिम्मेवार भए सकारात्मक उपलब्धि हासिल गर्ने सक्छन् भन्ने ज्वलन्त उदाररण भएको विद्यालयका प्रधानाध्याक विष्णु भण्डाले बताए ।
सरकारको २० करोडको लगानीमा बनिरहेको नयाँ भवनको आकर्षक दृष्यसँगै बालमन्दिरमा बालमंदिर आधारभुत विद्यालयमा ४१ जना वौद्विक अपांग विद्यार्थीलाई आवाससहित राखिएको छ । नचाउँदै गाउँदै पठनपाठन गराउँदा उनीहरुको संवेगात्मक विकासमा सहयोग पुगिरहेको छ ।

यहाँ लुम्बिनी प्रदेशभरका वौद्विक ४१ जना तथा साधारणतर्फ १ सय साठी गरी २ सय विद्याथीहरुले पढिरहेका छन् । वौद्विक अपांगता स्रोत कक्षा विशेष शिक्षा अन्तरगत प्रदेशस्तरिय नमुना विद्यालयका रुपमा पठनपाठन भइरहेको विद्यालय प्रशासनले जनाएको छ । सुरुमा आउँदा दैनिक जीवनसमेत कष्टकर भएको खुवाउन, सरसफाइ, जथाभावी सौच गर्ने लगायतका विभिन्न समस्याहरुबाट अहिले सबै विद्यार्थीलाई सामान्य स्थितिमा विकास गरेर राम्रो सिकाइ उपलब्धि हाँसिल सफल भएको प्रधानाध्यापक विष्णु प्रसाद भण्डारीले हामीसँगको कुराकानीमा बताए ।

‘कापीकलम समाउन नजान्ने विद्यार्थीलाई हामीले अथक मेहनत गरेर सामान्य स्थितिमा ल्याउन सफल भयौँ अहिले त आफै इलेक्ट्रोनिक डिभाइस तथा टेलिभिजन रिमोटहरु आफै सञ्चालन गरि मनोरञ्जन गरिरहेका हुन्छन्, संवेगात्मक विकास पनि राम्रै विकास गरि कक्षा अपग्रेट पनि गरेका छन्, यो हामी सबैको लागि उपलब्धिको विषय पनि हो ।’ प्रअले भने ।

जनशक्ति अभावले धेरै विद्यार्थीलाई एक्लै शिक्षण गराउनुपर्ने बाध्यताले आफुलाई व्यवस्थापनमा असाध्यै असहज भएको सिकाई सहजकर्ता पुष्पा दाहाल बताउँछिन । उनले भनिन् ‘अहिलेसम्म सम्पूर्ण सहयोग तथा सहकार्य अपाङ्ग मानअधिकार एवं सरोकार मञ्च दाङको तर्फबाट सरिता राना मगरले गरिरहेकोले केहि सहजताको महसुस भएको छ ।’ सहजकर्ता सरिता रानाका अनुसार युएसएआइडी, ह्यान्डीक्याप इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा सबैको लागि पढाई कार्यक्रम अन्तरगत स्टेसनरी सामान, खेलकुदका सामाग्री, व्यवस्थापन लगाएतका सामानको सहयोग गरिरहेको बताइन ।

यस्तो जटिल अवस्थामा पनि सिकाइ सहजिकरण तथा व्यवस्थापनमा राज्यको ध्यान नजानु ज्यादै दुखद पक्ष भएको सरोकारवालाहरु बताउँछन् ।
वौद्विक अपांग कक्षा सञ्चालनमा मुलभुत समस्याहरु के के छन भन्ने प्राणमञ्च राष्ट्रिय मासिक को प्रश्नमा विद्यालयका प्रधानाध्यापक बिष्णु भण्डारीले क्रमागत बजेट कमि हुदा भवन निर्माणमा ढिला भएको बताए । उनले आवास व्यवस्थापनमा पनि समस्या रहेको तथा राज्यको अनेकौँ नीतिगत समस्याले पनि व्यवस्थापकीय पाटोमा कैयौँ जटिलता भएको बताए ।

सिकाइ उपलब्धि सकारात्मक भएको र उनीहरुलाई स्वरोजगार दैनिक उत्पादन का व्यवसायसँग जोड्न सके केही वर्षपछि पारिवारिक जीवनमा फर्कदा सहज हुने समेत बताए । विद्यालयको जग्गा पहिले पुर्खाहरुले दान गरेको भएपनि पछिल्ला सन्ततिले दाविविरोधको मुद्दा हालेर हैरान पारिएको तर पछि अदालतले स्कुलको पक्षमा फैसला गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation