Pranmancha

Advertisment

SKIP THIS

पैसा नदिने मिडिया संचालकलाई पत्रकार महासंघ दाङद्वारा कारबाहीको चेतावनी

  नेपाल पत्रकार महासंघ दाङले आफ्ना शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रीया स्मृति गजमेर) लाई आफ्नो मिडियामा काम गराएवाततकाे न्युनतम पारिश्रमिक (एक रुपैयाँ पनि) नदिने मिडियाका संचालकलाई तुरुन्तै भुक्तानी दिन अनुराेध गरेकाे छ ।  २०७९ असार २४ गतेदेखी नेपाल लाईभ अनलाईनमा दाङ संवाददाताको रुपमा काम गर्दै आएकोमा हालसम्म कुनै पनि पारिश्रमिक नपाएको र पारिश्रमिक दिन अनुरोध गर्दा अनलाईन सञ्चालक अनिल न्यौपानेले अपशब्द प्रयोग गरि गालीगलौज गरेकोमा उक्त घटनाको विरोध तथा घाेर भत्र्सना व्यक्त गरेको छ।  महासंघले हालसम्मको पारिश्रमिक दिई गालीगलाैजकाे क्षमायाचनाकाे माग गरेको छ । अन्यथा श्रमजीवी पत्रकारको पारिश्रमिक उपलब्ध नराउने तथा यस्ता घटना दाेहाेरिए कडा कदम चाल्ने चेतावनी एक प्रेस विज्ञप्ती जारी गर्दै दिएको छ । यस्तो छ प्रेस विज्ञप्तिकाे पुर्ण पाठ :

नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रीया स्मृति गजमेर) ले २०७९ असार २४ गतेदेखी नेपाल लाईभ अनलाईनमा दाङ संवाददाताको रुपमा काम गर्दै आएकोमा हालसम्म कुनै पनि पारिश्रमिक नपाएको र पारिश्रमिक दिन अनुरोध गर्दा अनलाईन सञ्चालक अनिल न्यौपानेले अपशब्द प्रयोग गरि गालीगलौज गरेकोमा उक्त घटनाको नेपाल पत्रकार महासंघ दाङ घोर भत्र्सना गर्दछ । हिन्दुहरुको महान् पर्व दशै तिहारको अवसरमा श्रमजिवी पत्रकारलाई तलब नदिई उल्टै गाली गलौज गर्नु निन्दनिय काम हो ।
हालसम्म गरेको कामको पारिश्रमिक दिई श्रमजिवी पत्रकारलाई गरेको दुव्र्यवहारप्रति क्षमायाचना गर्न सम्बन्धीत अनलाईन सञ्चालकलाई महासंघ हार्दिक आग्रह गर्दछ । साथै यस्ता खालका गतिविधी नगर्न सम्बन्धीत सरोकारवाला सबैलाई सचेत गराउदछौ । समयमै श्रमजिवी पत्रकारहरुलाई पारिश्रमिक नदिई श्रमशोषण गरेको पाईएमा महासंघ त्यसविरुद्ध कडा कदम चाल्न बाध्य हुने जानकारी गराउँदछौँ ।

आर.के.शीतल            दुर्गालाल केसी
सचिव                     अध्यक्ष

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation