कपुरकाेट गाडी दुर्घटनाका उपचाररत वलीकाे मृत्यु

सल्यानकाे कपुरकाेटमा मंगलबार बिहान भएकाे दुर्घटनामा घाइते भएका तिलक ओलीकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

उनकाे बुधबार उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएकाे परिवारले जनाएकाे छ । उनकाे मृत्युसँगै याे दुर्घटनामा परेका ९ जनाकै मृत्यु भएकाे छ । ९ जना सवार रा १ ज ५६३ नम्वरको जीप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका ६ जलवाङतर्फ जाँदै थियाे । मंगलबार बिहान करिब साढे ३ बजेतिर जीप कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका वडा नं. ६ र ५ काे सिमानामा पर्ने जलवाङ गाउँका स्थानीय हुन् । उनिहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परि घटनास्थलमै ज्यान गुमाउने ४५ बर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० बर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ बर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टाेपबहादुर र धर्म सहाेदर दाजुभाई हुन् भने बसन्त टाेप बहादुरका छाेरा हुन् ।

कुमारी टाेपबहादुर र धर्म सहाेदर भाउजू हुने भने ललित टाेप बहादुरका अंकलका छाेरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षिय खुमलाल ओली पनि १३ दिने भाईसन्तान भित्रका पर्दछन् ।

त्यस्तै दुर्घटनामा साेहि गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीकाेपनि मृत्यु भएकाे छ । गाडी सडकबाट करिब १५० मिटर तल खसेकाे थियाे । चालक निदाएकाे कारण दुर्घटना भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation