Pranmancha

Advertisment

SKIP THIS

फुटबल दंगाको भागदौडमा १२९ जनाको ज्यान गयो

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।

इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हुलदंगामा करिब १८० जना घाइते भएका छन्। सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा खेल सकिएको जनाउमा सिटी बजिसकेपछि समर्थकहरु पिचमा दौडिएको देख्न सकिन्छ । उनीहरुलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यासबाट निसासिएका उनीहरुबीच भागदौड सुरु भएको थियो । भिडियोहरुमा प्रहरी र समर्थकहरुबीच घम्साघम्सी परेको समेत देखिन्छ ।

हार्ने पक्षका समर्थकहरू हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए। घटनापछि जारी लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ। घटनामा दुइजना प्रहरी अधिकारी पनि मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation