Pranmancha

Advertisment

SKIP THIS

बागचाैर नगरद्वारा बर्षातले पुर्‍याएकाे क्षतिको अनुगमन

असाेज २७ सल्यान

बागचाैर नगरपालिका सल्यान अन्तरगत   वडा नं. २,३,४,६,११ र १२ मा यहीँ असाेज १८ गते राति देखि लगातार केही दिन भएको वर्षातका कारण पुर्याएकाे क्षतिकाे अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको छ ।

क्षतिको एकिन विवरण संकलन गर्न अनुगमन गरिएको हाे । अनुगमन पश्चात् बाढी र पहिरोबाट पिडितहरुलाई पुर्ण र आंशिक क्षतीको आधारमा राहत बितरण गर्न सहज हुने नगर प्रमुख जनकराज गाैतमकाे भनाइ छ ।

अनुगमनका क्रममा धेरै ठाउँमा पहिराेका कारण घर भत्किएकाे र जमिन भासिएकाे पाइयो । घर भत्किएका परिवारलाई आफन्तकाे घरमा सारिएको छ । त्यस्तै खरिबाेट बाट बाफुखाेला जाेड्ने सडकखण्ड अन्तर्गत वडा नम्बर ११ मा बनेकाे अस्थायी पुल हम पाइपमा खाेलाले चिरेकाे भागलाई मर्मत गरि पुल बाट गाडी संचालन हुने बनाइएको छ, सडकको अन्य ठाउँमा पहिराे हटाउने काम पनि भइरहेको छ। वर्षातले क्षति पुर्याएको विवरणका बारेमा जनप्रतिनिधि तथा प्रहरी समक्ष जानकारी गराउन नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले अनुरोध गर्नुभएको छ । बाकी अन्य वडाहरुमा पनि निरन्तर अनुगमन गर्ने नगर प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सीले बताउनुभयो ।

बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, इलाका प्रहरी कार्यालय थारमारेका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाही, नगर प्रबक्ता तथा वडा नम्बर २, का वडा अध्यक्ष दिपेश डि.सी, वन वातावरण तथा विपद्व्यवस्थापन समिति संयाेजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नम्बर ६, का वडा अध्यक्ष ज्ञान बहादुर वली, कार्यपालिका सदस्य रेशम बि.क लगाएतले स्थलगत अनुगमन गर्नु भएको हाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation