सहिदहरुको सम्झनामा मेलटाकुरामा ‘सत्ताइसी कप’

कुमाख गाँउपालिका वडा नं. ६ मेलटाकुरा बडागाँउमा सहिदहरुको सम्झना लाग्दै आएको मंसिर २७ मेलामा प्रथम सत्ताईसी कप हुने भएको छ । प्रथम सत्ताईसी कपमा खुल्ला वडा स्तरिय भलिबल तथा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई सोहि वडाका युवाहरुले आयोजना गर्न लागेका छन् । मेलासंगै हुने कार्यक्रममा स्थानिय लोकझाँकीहरु, राष्ट्रिय तथा स्थानिय कलाकारका प्रस्तुति र पालिका स्तरिय लोक दोहोरी प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक प्रेम नारायण बिकले जानकारी गराएका छन् ।

कार्यक्रम हुने समय अझै एक महिना बाँकि हुनु अगावै आयोजकले कार्यक्रमको तयारीलाई तिव्र पारेको कार्यक्रम व्यवस्थापक मान बहादुर खत्रीले जानकारी गराएका छन् । उनले मेलालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि आयोजक टिममा जिम्मेवारी बाँटफाँट गरिएको बताए । जस अनुसार कार्यक्रम संयोजक प्रेम नारायण बिक, व्यवस्थापकमा मान बहादुर खत्री, आर्थिक संयोजकमा खडग बहादुर बिश्वकर्मा, साँस्किृतिक संयोजकमा धिरज बाबु बिश्वकर्मा र प्रचार–प्रसार संयोजकमा शंकर बिक तिवारीलाई जिम्मा दिएको छ ।

कार्यक्रमलाई थप व्यवस्थित गर्न अवश्यकता अनुसार अन्य समिती गठन गरिने आर्थिक संयोजकमा खडग बहादुर बिश्वकर्माले जानकारी गराएका छन् । भलिबलको पुरस्कार राशी र साँस्कृतिक कार्यक्रमको लागि कलाकार छनोट केहि दिन पछि सार्वजानिक गरिने साँस्किृतिक संयोजकमा धिरज बाबु बिश्वकमाले जानकारी गराएका छन् । कार्यक्रमलाई संचालन गर्नको लागि सल्लाह सुझाव तथा सहजिकरण कुमाख गा.पा वडा नं. ६ का वडा अध्यक्ष कर्ण बहादुर बि।क र FIVB Leval One कोच तथा राष्ट्रिय रेफ्रि दोर्णा प्रकाश चन्दले गरेका प्रचार–प्रसार संयोजकमा शंकर बिक तिवारीले जानकारी गराएका छन् । कार्यक्रम सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिना आयोजकले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation