भोजपुरको चुनावी सभामा शक्तिशाली बम विस्फोट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने लोकतान्त्रिक वामगठन्धनको भोजपुरको चुनावी सभामा विष्फोट भएको छ।

भोजपुरको  पौवादुम्मा गाउँ पालिकाको तिवारी भञ्ज्याङमा गठबंधनले आयोजना गरेको चुनावी सभामा बुधबार दिउँसो साढे २ बजेतिर विस्फोट भएको हो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रबक्त्ता एसपी नविन राईका अनुसार  बिस्फोटमा  परेर भोजपुर चरंविका एक सुमन श्रेष्ठ घाइते भएका छन्।

प्रहरीले एक जना शंकास्पद व्यक्त्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। एसपी राईका अनुसार एकजना शंकास्पद व्यक्त्तिले झोलामा बोकेको विस्फोटक पर्दाथ सभालाई सम्बोधन गर्न प्रमुख अतिथि प्रचण्ड आउने बेलामा आचानक विस्फोट भएको थियो।

हाल अवस्था समान्य भएको र अध्यक्ष प्रचण्ड केही बेरेमै चुनावी सभामा सहभागी हुनेछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बुधबार एकै दिन मोरंङ, सुनसरी, भोजपुर, खोटाङ र ताप्लेजुङमा गठबन्धन दलले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

मोरङको सुन्दरहरँैचा र सुनसरीको धरानमा भएको चुनावी सभालाई सम्बोधन गरिसकेपछि प्रचण्ड भोजपुर जान लागेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation