मतपेटीकामा आगजनी गर्ने भण्डारी पक्राउ

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगनी भएको हो ।

मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation