जीप दुर्घटनामा परि ३ जनाको मृत्यु , नौ जनाको अवस्था चिन्ताजनक

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ ।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए । घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation