राष्ट्रिय स्वतन्त्र पार्टीबाट साेबिता गाैतम विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो जित निकालेको छ । काठमाडौं २ बाट रास्वापाकी २७ वर्षिया सोविता गौतम विजयी भएकी छन्।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे ३ हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्।

गौतमले १५ हजार २२९ मत पाएकी छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३ हजार ६७४ छ ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन् । उनले ११ हजार ४१४ मत ल्याएकी छन् ।

गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन् । उनले ९ हजार ४४८ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation