हिंसा विरुद्धको अभियानमा कुमाखमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

पुष्कर पन्त सुनार
कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा उपभोकत्ता समिति पदाधिकारीहरु लाई एक दिने अभिमुखीरण कार्यक्रम सम्पन्न गरेकाे छ । लैङ्गकि हिसा विरुद्धको १६ दिने अभियानकाे अवसरमा पारि हरेक वर्ष कुमाख गाउँपालिकाले आफ्ना सबै वडामा कार्यक्रम गर्दै आएको छ । लैङ्गिक हिंसामुक्त समुन्नत र सभ्य समाज निर्माण गर्ने उदेश्यले कार्यक्रम गरिएकाे नम्बर ६ का अध्यक्ष कर्ण बहादुर बिकले बताए ।

त्यस्तै कुमाख गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर रावतले लैङ्गिक हिंसामुुक्त अभियानमा सबै एकजुट भएर लाग्न अनिवार्य भएकाे बताए । उनले बालबिबाह, घरेलु हिंसा, याेन हिंसा लगायतका समस्या आजसम्म पनि समाजमा विद्यमान हुनु दुखद भएकाे बताउँदै सबै सराकाेशकरवालाहरु मिलेर हिंसामुक्त समुन्नत समाज निर्माण अभियनमा हातेमालाे गर्न आग्रह गरे । जनताकाे सेवा र पालिकाकाे विकासको लागि निरन्तर लाग्ने र भ्रष्टाचार गर्नेलाई कुनैपनि हालतमा नछाेडिने बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतअतिथि राजेन्द्र कुमार चन्दले सबैखाले हिंसाकाे अन्त्य गर्न सबैभन्दा पहिले आफु सच्चिन जरुरी भएकाे बताए ।

कार्यक्रममा वडा सचीव दिलाराम कठायत, कुमाख बडागाउँ सबै टोल विकास समिति अध्यक्ष, शिक्षक, बुद्धिजीवी, राजनीतिदल ,मिडियाकर्मी, विद्यार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे । फरक प्रसंगमा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृतले बडा मा हुने सबै २ लाख भन्दा तल सबै योजनाहरुको कुमाख गाउपालिका नीति विधिमा रहेर काम गर्न र काम गरेका सबै आबस्यक काजपत्र पालिका बुझाए सजिलै भुक्तानी हुने बताए । उनले योजना कामहरु गाउँपालिकाको प्राबिधिकको स्टिमेट बाहेक कुनै तलमाथि भए गाउँपालिकाबाट भुक्तानी नहुने समेत बताए !

गाउँ समाजको विकास गर्न जनता नै पहिलो भएकोले यसमा सबै एकताबद्ध भएर लाग्नसमेत आम जनताई अपिल गरे ।कार्यक्रम बोल्दै कार्यक्रम सभाअध्यक्ष तथा कुमाख गाउँपालिका वडा नम्बर ६ अध्यक्ष कर्ण बहादुर बिकले बडागाउमा २४ योजना परेका र ६ वडा योजनाको समिति गठन भईसकेको, ६ वटा योजना लक्षित वर्गको लागि आएको बताए । वडा सहित समग्र पालिका विकासमा सबै हातेमालाे गरि अगाडि बढ्न जरुरी भएकाे बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation