रेडियाे बंगलाचुलीमा भएकाे साङ्घातिक आक्रमणकाे चाैतर्फी भ्रत्सना

दाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौरमा रहेको रेडियो बंगलाचुलीको कार्यालयमा तोडफोड भएको छ । आफुलाई अनेरास्ववियु तथा नेकपा एमालेका जिम्मेवार प्रतिनिधि बताउने समुहले रेडियोमा अकस्मात दिउसाे साढे एक बजेतिर स्टेसन भित्र पसेर सामुहिक हमला गर्दा त्यहाँ कार्यरत सञ्चारकर्मीमाथि पनि हातिातकाे प्रयास भएको छ ।

एमाले प्रदेश कमिटी सदस्य भेषराज खत्रीसहितका व्यक्तिले रेडियो स्टेशनमा पुगेर सञ्चारकर्मीमाथि दुर्व्यवहार गरी तोडफोड र कार्यालयका कागजात नष्ट गरेको नेपाल पत्रकर महासंघ दाङले जनाएको छ ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शीतलले विज्ञप्ति जारी गरी दोषीलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् ।

रेडियोका स्टेशन म्यानेजर जीवन नेपालीले सञ्चारकर्मी र सञ्चारगृहमाथि असुरक्षाको अवस्था उत्पन्न भएको बताए ।

आक्रमणको भत्र्सना गर्दै प्रेस सेन्टर दाङ, प्रेस युनियन दाङलगायत पत्रकारसँग सम्बन्धित संगठनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

समाचार तथा कार्यक्रममा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने, त्यसमा पनि चित्त नबुझे न्यायालय जाने बाटो हुँदाहुँदै सञ्चारमाध्यममाथि नै हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले विज्ञप्ति जारी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation