इरानमा याे वर्ष ५ सय बढीलाई मृत्युदण्ड !

धार्मिक कट्टरतामा जकडिएका अरब राष्ट्रहरुमा मृत्यदण्ड सामान्य मुद्दाकाे फैसला जस्ताे मानिन्छ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ ।

नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार यस वर्षको डिसेम्बरसम्म इरानमा ५०४ जनालाई मृत्युदण्ड दिइएको छ । फाँसी दिइएको भनिएको व्यक्तिहरूको थप केसहरू पुष्टि गर्न काम आफूले गरिरहेको पनि समूहले जनाएको छ ।

अधिकारीहरूले सेप्टेम्बरदेखि इरानमा सुरु भएको शासन विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्डको सजायको व्यापक प्रयोग गर्ने चिन्ता बढ्दै जाँदा पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

आईएचआरको गणनामा चार जना व्यक्तिहरू समावेश छन् जसलाई इजरायलको गुप्तचर सेवासँग काम गरेको अभियोगमा आइतबार मृत्युदण्ड दिइएको आधिकारिक सञ्चार माध्यमले जनाएको छ ।

उनीहरुलाई तेहरान बाहिर रहेको गोहार्डस्ट पनि भनिने राजाइ शहर कारागारमा मृत्युदण्ड दिइएको अधिकारवादी समूहले जनाएको छ । मृत्यदण्ड फैसला भएका कतिपयकाे मुद्दा हेरफेर हुनसक्ने आकलन अधिकारवादीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation