बस-ट्रक आपसमा ठाेक्किँदा १७ घाइते, दुई जनाकाे अवस्था चिन्ताजनक

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।

बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको पाठकले बताए ।

बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्र्फीरुपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फीरुपमा सवारी सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation