´विश्वकप- २०२२` काे उपाधि मेस्सीकालिन अर्जेन्टिलाई

एजेन्सी पुष ३ । कतारमा जारी विश्वकपको उपाधी अर्जेन्टिनाले जितेको छ । सनसनीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा चार दुई गोल अन्तरले जित निकाल्न अर्जेन्टिना सफल बन्यो ।

निर्धारित समयको पहिलो हाफ्मा उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई शुन्यले अघि रहेको अर्जेन्टिना दोस्रो हाफ्मा भने सम्हालिन सकेन ।

अर्जेन्टिनाका लागि पहिलो हाफ्को २३ मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गरेका थिए भने ३६ औँ मिनेटमा डि मारियाले गोल गरेका थिए ।

लगभग ढुक्क भएर खेलिरहेको अर्जेन्टिनालाइ ८० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सका एम्बापेले चूनौती थपे । त्यसको एक मिनेटमै एम्बापेले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए । त्यसपछि अतिरिक्त समयको १०८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोेल गर्दै लियोनल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाए ।

फेरी ११८ औँ मिनेटमा एम्बापेले ह्याट्रीक पूरा गर्दै खेल ३ – ३ को बराबरीमा ल्याए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा मेसी सहित अर्जेन्टिनाका चार खेलाडी गोल गर्न सफल भएका थिए भने फ्रान्सका दुई खेलाडी गोल गर्न असफल भएका थिए । यो जित सँगै मेसीले जीवनकै सबैभन्दा ठूलो सफलता हात पारेका छन् । उनी संभवतः अब अर्को विश्वकप खेल्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation