सडक सरसफाई अभियानमा इसाई धर्मालम्बि, रमना-घाेराही सडकमा डस्टविन नहुँदा सडक कुरुप

इसाई धर्मालम्बिहरुले कृस्मसकाे पूर्वसन्ध्याकाे अवसरमा सडक सरसरफाई अभियान संचालन गरेका छन् । दाङकाे घाेराही बजारमा रहने तथा घाेराही १२ रमना गुर्जेका करिब १५० जना स्थानीय धर्मालम्बिहरु पर्यावरण संरक्षण र मानव स्वास्थ्यलाई ध्यानमा राखेर सरसफाईमा जुटेकाे अभियानका एक अगुवा सतलसिंह बुढाले जानकारी दिए । उनीहरुले घाेराहीबाट तुलसीपुर जाेड्ने वैकल्पिक मार्गकाे रुपमा रहेकाे घाेराहीदेखि उत्तर पश्चिममा रहेकाे चर्चित (भाइरल राेड) सडककाे करिब ४ किलाेमिटर अन्तरगत रमनादेखि घाेराही बजारसम्म जाेड्ने सडक छेउछाउमा रहेका कागज,बाेतल लगायतका फाेहाेरजन्य सामाग्री संकलन गरेका हुन् । दुई दिन लगाएर संकलन गरेकाे करिब एक गाडि फाेहाेलाई नगरपालिकाकाे गाडिमा उठाएर विसर्जन गरिएकाे छ । पछिल्लाे पटक अत्यन्तै चर्चामा रहेकाे याे सडकमा दाङ जिल्ला तथा अन्य जिल्लाहरुबाट पनि दैनिक सयाैँ पर्यटकहरु आकर्षक सडक बिचमै सेल्फि खिच्ने, टिकटक बनाउने र दायाँबायाँ रहेका सालका रुखहरुले लटरम्म परेकाे जंगलकाे साैन्दर्यतामा रमाउने गर्छन् । याे सडकमा स्थानीय घुमन्ते व्यवसायी तथा घुम्न आउने मानिसहरुले ल्याउने जंगफुड तथा पेयपदार्थकाे सेवन गरि यत्रतत्र फ्याँकिदा सडक कुरुप हुने गरेकाे छ । सरसफाईकर्मीहरुले ठाउँठाउँमा उपमहानगरपालिकाले फाेहाेर संकलनका लागि ´डस्टविनहरु` राख्नुपर्ने अनिवार्यता रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation