वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा लाभग्राहीलाई राहत

सल्यान
सल्यान जिल्लाको कुमाख गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पुस २५ गतेबाट कुमाख गाउँपालिकाले पालिकाका सबै वडाका लाभग्राहीहरुलाई बैङ्किङ झंझटबाट मुक्त गर्ने गरि वडाबाट भत्ता वितरण गरिरहेकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले बताए ।

भत्ता वितरण कार्यक्रम अन्तर्गत आज अन्तिम दिन वडा नम्बर ६ बडागाउँबाट भत्ता रकम वितरण गरिएकाे छ । वडाबाट नै भत्ता पाउँदा वृद्धवृद्धालाई समय र पैसाकाे बचत तथा अशक्तहरुलाई भिडभाडमा लाग्नुपर्ने लाइन लगायतकाे लफडाबाट मुक्त हुने भएपछि आफुहरु खुशी भएको बताउँछन् । बैंकबाट रकम ल्याउन जाँदा आफुहरुले धेरै दुख पाएकोकाे स्मरण गर्दै पालिकाले झंझटबिना रकम दिंदा उनीहरुकाे आवतजावत खर्च पनि बचत भएकाे प्रमुख प्रशासकीय अधिकृतले बताए ।

पालिकाका विभिन्न वडअबाट बैंकमा पुग्न करिब २ घन्टा लाग्ने र बाटाेमा गाडीसमेत नपाउँदा अशक्त तथा वृद्धवृद्धा कष्टकर पैदल गर्न बाध्य थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation