राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जनता मावि बाग्दुलालाई

तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनता माध्यमिक विद्यालय बाग्दुलाले हात पारेको छ।प्यूठान नगरपालिकाको आयोजनामा गणतान्त्रिक खेल मैदान बिजुवारमा बिहिवार देखि लगातार तीन दिन सम्म सञ्चालित विभिन्न खेलहरुमा उत्कृष्टता प्राप्त गरी जनता मा.वि. बाग्दुलाले यस वर्ष पनि रनिङ्ग शिल्ड हात पार्न सफल भएको हो । जनता मा.वि. बाग्दुलाले लगातार तेस्रो पटक प्रथम भई रनिङ्ग शिल्ड हात पारेको छ । तेस्रो पटक सम्म रनिङ्ग शिल्ड जिते बापत विद्यालयले अव शिल्ड फिर्ता गर्नुृ पर्ने छैन अर्थात आयोजकले निश्चित रकम तिरेर उक्त शिल्ड खरिद गर्नु पर्नेछ ।नगरपालिका क्षेत्रका १३ बिद्यालयको सहभागिता रहेको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भुवनेश्वरी मा.वि.खैराले द्धितिय स्थान प्राप्त गरेको छ भने मुक्ति मा.वि.रातामाटाले तेस्रो स्थान हासिल गरेको छ ।            विभिन्न खेलहरु तर्फ छात्रा भलिवल खेलमा जनता मा.वि. बाग्दुला प्रथम,मुक्ति मा.वि.रातामाटा द्धितिय जनता मा.वि. बास्कोटले तृतिय स्थान हासिल गरेको छ । त्यस्तै छात्र भलिवल तर्फ मुक्ति मा.वि.रातामाटा प्रथम,जनता मा.वि. बाग्दुदा द्धितिय र जनता मा.वि. बास्कोट तृतिय भएको छ । समुह खेल तर्फ छात्रा कवडी तर्फ मुक्ति मा.वि.रातामाटा प्रथम,जनता मा.वि. बाग्दुला द्धितिय र जनता मा.वि. बास्कोट तृतिय स्थान ल्याउन सफल भएको छ भने छात्र कवडी तर्फ मुक्ति मा.वि. रातामाटा प्रथम,जनता मा.वि. बाग्दुला द्धितिय र क्षेत्र विकास मा.वि. पुन्यखोला तृतिय भएको छ । छात्रा हाइजम्प तर्फ जनता मा.वि. बाग्दुलाकी छात्रा सिम्रिका के.एम. प्रथम, जानकी मा.वि. चितिखोलाकी चादनी खत्री द्धितियर भुवनेश्वरी मा.वि.खैराकी निता के.एम.तृतिय स्थान ल्याउन सफल भएकी छिन् भने छात्र हाइजम्प तर्फ क्षेत्र विकास मा.वि.पुन्यखोलाका साहिल विष्ट प्रथम,भुवनेश्वरी मा.वि. खैराका छात्र सचिन नेपाली द्धितिय र बाल विद्या मा.वि. मरन्ठानाका सागर वि.क. तृतिय स्थान ल्याउन सफल भएका छन् ।

त्यसै गरी छात्रा लम्जम्प तर्फ क्षेत्र विकास मा.वि.पुन्यखोलाकी छात्रा सुशीला घर्ति प्रथम,भुवनेश्वरी मा.वि. खैराकी सिमा के.एम.द्धितिय र जनता मा.वि. बाग्दुलाकी रञ्जिता चौधरी तृतिय भएकी छिन् भने छात्र लम्जम्प तर्फ भुवनेश्वरी मा.वि. खैराका नविन परियार र पव्लिक आवासिय मा.वि. क्वाडीका विवेक जि.सि. प्रथम ,क्षेत्र विकास मा.वि.पुन्यखोलाका साहिल विष्ट द्धितिय र प्यूठान भ्याली एकेडेमी बाग्दुलाका ह्देन सेढाई तृतिय भएका छन् ।


आज शनिवार भएको उक्त रनिङ्ग शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा दौड,कराँते,एथलेटिक्स,कपर्डी, लगायतका विभिन्न खेलमा प्रथम द्धितिय र तृतिय हुनेहरुलाई कार्यक्रमका अध्यक्ष प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगी ,प्रवक्ता सुमन राज श्रेष्ठ ,वडा न.४का अध्यक्ष रेशम कार्की,वडा न. ५का वडाअध्यक्ष नन्दराम पुनले मेडल ,कप तथा प्रमाण पत्र प्रदान गरेका थिए । स्मरण रहोस विद्यार्थी केन्द्रीत सो खेलकुद प्रतियोगितामा नगरपालिकाका खेलकुदप्रेमी जनप्रतिनिधि र कर्मचारीहरु बीच पनि रोचक प्रतिष्पर्धात्मक खेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation