कर्णप्रिय गायक विनाेद परियारकाे  ‘न्याउली वनैमा’  सार्वजनिक

नवगायक विनाेद परियारकाे ‘न्याउली वनैमा’ गीत आज सार्वजनिक भएको छ । लामाे समयदेखि सांगीतिक यात्रामा कैयौं आराेह अवराेहहरुकाे सामना गरिरहेका विनाेदले पहिलाे सांगीतिक कासेली पस्कन सफल भएका हुन् । विनाेद परियारकै लय र शब्द रहेकाे साे गीतमा चर्चित गायीका शान्ति श्री परियार र विनाेद परियारकाे स्वर रहेकाे छ ।

 

मायाप्रेममा आधारित सुमधुर माैलिक लाेकदाेहाेरी गीत विशाल चाैतारी युट्युब च्यानलबाट प्रसारित छ ।

काे हुन् विनाेद ? एक छोटो चर्चा

 

फोटो विवरण उपलब्ध छैन।

 

बाल्यकालदेखि नै गीत संगीत, नृत्य र बाद्यबादनमा झुमिरहने सांगीतिक सुस्केरा हुन विनाेद परियार । विभिन्न चाेट र हण्डरहरुमा ठाेक्किँदै अगाडि बढिरहेका विनाेद प्युुठानको मरन्ठानाकाे ओसिलाे पाखामा निम्न आय भएको परिवारमा बि. सं. २०५१ सालमा आमा सीता परियार र बुबा चन्द्रबहादुर परियारकाे काेखबाट जन्मेका हुन् ।

राम्रो गायक बन्ने सपना मनकाे कन्दरामा बाेकेका सुमधुर स्वरका खानीले आर्थिक र पारिवारिक समस्याको पहाडले थिंचिदिदा पनि मनमा कत्ति निराश भरेनन् । तातेताते गर्दै सांगीतिक यात्रा थालिरहँदा एक्कासि बुबाकाे मृत्यु भएपछि उनकाे सांगीतिक यात्रामा झण्डै पूर्णविराम नै लाग्न खाेज्याे ।

स्वदेशमा साेझा र इमानदारका सुदिन नदेखेपछि संगीत क्षेत्रमा उदाउने र परिवारलाई पनि समृद्ध बनाउने झाेलाभरि सपनाकाे चाङ बाेकेर उनी मुगलान कुँदे पैसा कमाउन । मुगलान पनि कहाँ सबैलाई भनेजस्तो हुन्थ्याे र ? विदेश जाने क्रममै दलालले अनाहकमा ५० हजार हजम गरिदियाे । खैर के गर्नु ? आखिर परेपछि जे पनि सहुँला बुझुला भनेजस्तै उनी पनि परदेश हानिए आफ्नो घरदेश बनाउन ।

विभिन्न जाेखिम र चुनाैतिहरु पार गरि आफु मुग्लान पस्दाकाे लगानी मात्रै उपर गरेर करिब ५ वर्ष अघि नेपाल फिरेका उनी हिजाेआज भने आफ्नो सांगीतिक करियर बनाउन कहिले बुटवल त कहिले काठमाडौं धाइरहेका छन् । असल प्रतिभाकाे सहज पहिचान र विकास गर्दिने कुनै निकाय हुँदाे हाे त विनाेद जस्ता हजाराैँ प्रतिभाशाली फुलहरु किन नफक्रँदै ओइलाउनु पर्थ्याे र ? आसा छ, उनी माेफसलका दर्शक र स्राेताहरुकाे मनमुटुमा कर्णप्रिय गायक र सर्जककाे रुपमा चिरपरिचित हुनेछन् र एक सवल एवं सफल गायक बन्ने छन् ।

आज नवगायक विनाेद परियारकाे ´न्याैलि वनैमा`  जसरी सार्वजनिक भएको छ यो त कास्टिङ मात्र हाे । दिनदुखी र आवाजविहिनहरुका गीत संगीत गुनगुनाउँदै असल जनकलाकार बनुन् , हार्दिक बधाई एवं सफलताको शुभकामना प्रिय विनाेद ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation