छाक कटाएर विद्यालयकाे विस्तार गर्दै स्थानीय

उत्तरी प्यूठानकाे गाैमुख गाउँपालिकाका स्थानीयहरु विद्यालय विस्तार अभियानमा सक्रिय भएका छन् । विपन्न परिवारका अभिभावकहरुले पनि आफ्नाे गास कटाएर चन्दा दिने भएपछि साेहि रकमबाट आधारभुत तह कक्षा आठ सम्मकाे पठनपाठन सन्चालन हुने भएको हाे।

 

प्यूठानको गौमुखी गाउपालिका वार्ड न -६ लिबाङकाे बुक्तिचौर स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालमा अभिभावकाे सक्रियतामा जम्मा हुन आउने रकमबाट हाल सात कक्षासम्म पठनपाठन हुँदै आएका स्कुलमा आगामी शैक्षिक शत्रबाट आठ कक्षा सन्चालन हुने छ । मंगलबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर घर्तिमगरको अध्यक्षतामा बैठक बसी गाउँका सामाजिक व्यक्तित्व, शिक्षाप्रेमी, जनप्रतिनिधि र अभिभावकको छलफल अनुसार उक्त कक्षा सन्चालन गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक लाल बहादुर बुढा मगरले बताएका छन् ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा लामो समयदेखी कक्षा आठ सन्चालन हुनबाट रोकिएकोमा मंगलबार बैठक बसी आगामी  २०८० सालदेखी सन्चालन गर्ने गरि आवश्यक पुर्वाधार र आर्थिक संकलन जनस्तर र स्थानीय सरकारबाट गरिने भएको छ ।

 

कक्षा आठ सन्चालन गर्नका लागि कृष्ण बहादुर झाक्रीको संयोजकत्वमा ११ सदस्य रहने गरि आर्थिक संकलन समिति पनि गठन गरिएको छ । साे आर्थिक संकलन समितिले मिती २०७९ माघ २९ गतेसम्म प्रत्येक घर धुरीबाट रु तीन हजारका दरले चन्दा उठाउने निर्णय गरेकाे  छ । अब उप्रान्त हरेक अभिभावकले प्रत्येक बर्षमा रु तीन हजार विद्यालयलाई दान गर्नुपर्नेछ ।

२०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा करिब दुई सय जना विद्यार्थी अध्ययनरत छन् । आफ्ना छोराछोरीहरु सात कक्षा पढिसकेपछी करिब १ घन्टा हिडेर लिबाङ, टिमुरचौर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आफ्नै गाउमा कक्षा आठ सन्चालन हुने निर्णय गरेकोमा स्थानीय एमं विद्यार्थीहरु खुशी भएका स्थानीयले हामीसँग बताए । हाल विद्यालयमा कक्षा सातसम्म नियमित पठन पाठन हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation