विद्यालयमा आगजनी हुँदा नाै लाखकाे क्षति, किन हुँदैन अपराधीकाे खाेजी र कारबाही ?

यसाे त राेल्पामा पनि दैनिकजसाे कुनै न कुनै जघन्य अपराधहरु घटिरहेकै हुन्छन् । रेडियाे माडीकाे रिपिटर टावरमा भएकाे चाेरी हाेस् वा ताेडफाेड । माडीमै दुईजना वृद्ध वृद्धाकाे बीभत्स हत्या हाेस् वा त्रिवेणीकाे काउलाबाेटमा अवस्थित सरस्वति माविकाे कार्यालय ०७१ मा भएको आगजानी या ०७८ मा भएको ताेडफाेड र कम्प्युटर चाेरी हाेस् । प्रशासनले यस्ताखाले जघन्य अपराधमा संगलग्न अपराधिहरु पत्ता लगाई कडा कानुनी कारबाहीकाे दायरामा नल्याउँदा पश्चिम राेल्पामा अपराधिक घटनाक्रमकाे राज चलिरहेकाे छ । यसैबीच राेल्पाकाे एक सामुदायिक विद्यालयमा अज्ञात समुहले आगजानी गरेकाे छ । जिल्लाकाे त्रिवेणी गाउँपालिका ६ बाँजबाेटमा रहेकाे भानु आधारभुत विद्यालयमा पाैस १६ गते राति भएकाे आगजानीबाट विद्यालयमा ९ लाख बढीकाे क्षेति भएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्राकुमारी वलीले बताइन् ।

 

विद्यालयकाे कार्यालय भवनमा भएकाे आगजनिबाट इन्टरनेट, दुईवटा कम्प्युटर तथा अन्य इलेक्ट्राेनिक उपकरण, विद्यालयका कागजात आदि सबै जलेर नष्ट भएकाे प्रधानाध्यापक माधब भण्डारीले बताए । रातकाे समयमा अज्ञात समुहले झ्यालबाट प्रज्वलनशील पदार्थ छर्केर आगाे झाेँसेर भागेकाे हुन सक्ने प्रधानाध्यापकले बताए ।

उता इलाका प्रहरी कार्यालय हाेलेरीका प्रमुुख एवं प्रहरी निरिक्षकले आगाे के कति कारणले लागेकाे हाे भनी किटान गर्न नसकिएकाे बताए । उनले प्रणमञ्चसँग कुराकानी गर्दै स्कुलमा खाेलिएकाे रिक्त शिक्षक पदकाे विज्ञापन र त्यसकाे छनाैटमा समस्या खेखिएकाे दुईतिन दिन भित्र साे घटना भएकाेले रुष्ट तप्काबाट पनि साे खालकाे अपराध गरिएकाे हुन सक्ने आंकलन गर्दै शंकास्पद व्यक्तिहरुकाे खाेजतलास कार्य जारी रहेकाे बताए ।

 

उता साेहि वडा नम्बर ६ का वडाध्यक्ष नरेन्द्र भणडारीले विद्यालयमा भएकाे आगजनीले आफू अत्यन्तै दुखी भएकाे र यसले अभिभावक र विद्यार्थीमासमेत नकारात्मक असर परेकाे बताए । उनले राजनीतिक वृत्तमा व्याप्त परिवारवाद, नातावाद र खिचातानिकाे सिकार विद्यालय बन्नु दुखद भएकाेले यस्ताखाले हर्कतबाट जाेगाउन आफू सचेत रहेकाे बताए । पुरानाे विवाद बल्झिएर उत्पन्न परिणामले विद्यालयमा आगजनी त भएन ? भन्ने हाम्राे प्रश्नमा उनले शिक्षक नियूक्तिकाे विषयमा गाउँपालिकाकाे शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति लगायतकाे आ-आफ्नाे स्वार्थ रहेकाे कारणले पनि यस्ताेखाले समस्या आएकाे उनले बताए । स्मरण रहाेस्: उक्त विद्यालयमा कक्षा आठसम्म जम्मा १ सयकाे हाराहारिमा विद्यार्थी रहेका छन् भने विद्यालयकाे भाैतिक अवस्था अत्यन्तै जिर्ण र नाजुक अवस्था छ । विद्यादयमा रिक्त प्रावि राहतकाे शिक्षक छनाैटकाे लागि पुस ११ गते परिक्षा तय गरिएकाे थियाे । सबै प्रक्रिया पूरा गरेर रितपूर्वक आएका परिक्षार्थीहरु परीक्षा हलमा पस्नै लाग्दा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वली एकाएक गाएभ भएकि थिइन् । आफ्नाे अनुकुलकाे विषय विशेषज्ञ परिक्षामा नखटिएपछि एकाएक सम्पर्कबिहिन हुनु हद दर्जाकाे स्वार्थले काम गरिरहेकाे स्थानीयहरुकाे तीव्र गुनासाे रहेकाे छ ।

हाल साे रिक्त पदपुर्तिकाे परिक्षा अनिश्चितकालका लागि स्थगीत भएकाे शिक्षक निर्मल रानाले बताए । उनले विद्यालयकाे भाैतिक अवस्था अत्यन्तै नाजुक भएकाे र साेही अवस्थामा गरिएकाे आगजनीले विद्यालय परिवार झनै संकटमा परेकाे बताए ।

कंग्रेस र एमालेहरुले आ-आफ्ना पक्षका उम्मेदवार राख्ने खीचातानी गरिरहँदा परीक्षा अन्याैलमा परेकाे परीक्षाकाे तयारी गरेका एक परिक्षार्थीले बताएका छन् । विद्यालय जस्ताे पवित्र शैक्षिक धराेहरमा अनावश्यक राजनीतिक खिचातानी, दबाब र प्रभाब हुनु दुखद भएकाे र यस्ताखाले नीच हर्कतले शैक्षिक संस्था नै धरासायी हुने शैक्षिक सराेकारवालाहरुकाे ठहर छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation