युवाहरुले थाले मृगौलापीडित सहयाेग अभियान

सल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक संकलन अभियानको पहलकदमी लिएका हुन् ।

 

मनहोहन मेमोरियल अस्पताल महाराजगन्ज काठमाण्डौँमा दुबै मृगौलामा जटिल समस्या देखिएपछि डायलासिस गराईरहेका बुद्धि बहादुरकाे आर्थिक अवस्था निकै कमजोर भएकोले आर्थिक संकलन अभियान चलाइएकाे अभियानका सयोजक अनिल बिस्वकर्माले बताए । आर्थिक संकलन अभियानमार्फत हालसम्म ३५ हजार रकम संकलन भइसकेको छ ।

जीवनमरणको लडाइँमा संघर्षरत बुद्धि बहादुर डाक्टरको सल्लाह अनुसार हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ । १ वर्षसम्म निरन्तर उपचार गरिरहँदा जायजेथा बेचिवरी करिब १६ लाख रकम खर्च भइसकेको छ। उनकाे जटिल आर्थिक संकटलाई टेवा पुगाेस् र थप उपचार गर्न पनि सहज हाेस् भन्ने अभिप्रायले यो अभियान सुरु गरेर अनिलले बताएका छन् । मनकारी सहयाेगी मनका सबै व्यक्तिसँग आर्थिक सहयोगकाे अपिल गरेको अभियान सहसंयोजक मृगौला पीडितका ज्वाइँ कमल बिकले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation