कठीन मोडमा नेपाली विद्यार्थी आन्दोलन

 

 

                   टंक प्रकाश के.सी

नेपाली विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । देशको अग्रगामी राजनीतिक आन्दोलन, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सवालमा विद्यार्थी आन्दोलन अग्रमोर्चाको रुपमा स्थापित छ । विद्यार्थी आन्दोलन सामाजिक अन्यायका विरुद्ध, विचार चेतना र स्वाभिमान सहितको एउटा शक्तिशाली आवाज हो । जहाँनिया राणा शासनका विरुद्धमा र त्यसपछिका सबै राजनीतिक परिवर्तनका घटनाक्रममा विद्यार्थी आन्दोलन सशक्त मोर्चाको रुपमा स्थापित छ । विगतको विराषतबाट हेर्दा आजको विद्यार्थी आन्दोलन बहसको केन्द्रविन्दुमा छ । एकाथरि मान्छेहरू विद्यार्थी आन्दोलनको बहस समाप्त भएको तर्क गर्दछन् । जो लुटपाटको व्यापार गरिरहेका छन् । खासगरी त्यस्ता मानिसहरु विद्यार्थी आन्दोलनको राप र तापमा पर्नेहरु हुन् । यद्यपि विद्यार्थी आन्दोलनलाई आजको चेतना, मनोविज्ञान र प्रविधिसँग आद्यावधिक गर्ने जरुरी छ । विगतको गौरवमय इतिहासबाट हेर्दा विद्यार्थी आन्दोलन कमजोर र सुसुप्त भएको साँचो हो ।

 

”विद्यार्थी नेताहरुले दिउसो आगजनी गर्ने, टायर बाल्ने र साँझपख शैक्षिक माफियाहरुँंग साँठगाँठ गर्दा शैक्षिक आन्दोलनमा गलत संदेश गएको छ । त्यसकारण यस बदनियत कार्यको खारेजी गर्दै अबको विद्यार्थी आन्दोलनले आफ्नो प्राथमिकता नीति कार्यक्रम र योजनमा ठोस पहल लिनुपर्छ । सबैले समिक्षा गर्नुपर्ने यो छ कि, पार्टीको प्रचारप्रसारको साधन बन्ने वा देशको दिर्घकालिन राजनीतिको भविष्य सुरक्षित गर्ने ? विद्यार्थी आन्दोलनको नेतृत्व गरेर शैक्षिक विकृतिको अन्त्य गर्ने हो वा शैक्षिक माफियाहरुलाई पोस्ने संघर्षको नाटक गर्ने ? यसमा स्पष्ट हुनुप¥यो ।”

शैक्षिक क्षेत्रमा निजिकरण, व्यापारीकरण र भ्रष्टिकरण चर्को रुपमा रहेको छ । राष्ट्रियता माथिको हस्तक्षेप जनजीविकाको संकट, महंगी र कालोबजारीले जनजिवन झनै कष्टकर छ । यसखालका समस्यासँग विद्यार्थी आन्दोलन निरन्तर सम्झौताहीन संघर्ष गर्नु र जनअपेक्षामा भरलाग्दो विकल्पको रुपमा स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो । त्यसकारण शैक्षिक क्षेत्रका तमाम समस्या र राष्ट्रियताका समस्या रहँदासम्म विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुन सक्दैन । विद्यार्थी आन्दोलन वलिदानका हजारौँ श्रृङखलाबाट मात्रै कैयौँ उपलब्धिहरुको हिस्सेदार बनेको हो ।

शैक्षिक क्षेत्रका समस्यासँगै शिक्षालाई जीवनोपयोगी व्यवहारिक बनाउन जरुरी त छ नै, संविधानप्रदत्त हक अधिकार पाउनबाट पनि विद्यार्थी बञ्चित भइरराखेको स्थितिमा नयाँ शिराबाट आन्दोलनको विकास गर्न उत्तिकै अनिवार्य छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतीय हस्तक्षेप र सुस्ता लगायतका ठाउँमा नेपाली स्वाभिमान मिचिएको छ । राष्ट्रिय स्वाधिनतामा लागेको गहिरो चोट र राष्ट्रघाती दलालहरुको अप्रिय कदमहरुका विरुद्ध युवा विद्यार्थी राष्ट्र निर्माणका पहेरेदार बनेर देश निर्माणको अभियानमा बलियो खम्बा बन्न जरुरी छ । विद्यार्थी आन्दोलनमा प्रमुख अंगका रुपमा रहेकोे स्व.वि.यु पछिल्लो कालखण्डमा मृतप्रायः अवस्थामा छ ।

हिजोआज त स्ववियु नै नहुने र कहिलेकाही भएपनि सबै ठाउँमा नहुने समस्या बढेको छ । २०६६ सालमाको स्ववियु सफल र प्रभावकारी भएको थियोे भने त्यसपछि पटकपटक मिति घोषणा हुदै स्थगित भयो । पछिल्लोपटक २०७३ को स्ववियु चुनाव केही विद्यार्थी संगठनको गैरजिम्मेवारपना, गुण्डागर्दी र त्रिभुवन बिश्वविद्यालयको गैरजिम्मेवारीका कारण पुर्ण र देशव्यापी प्रभावकारी हुन सकेन । सत्ता र पार्टीका विद्यार्थी संगठन प्रतिपक्ष विद्यार्थी आन्दोलनको रुपमा प्रस्तुत हुनुपर्नेमा गोटीको रुपमा मात्र होइन शैक्षिक रुपान्तरण सहितको राजनीतिक आन्दोलन, राष्ट्रियताको आन्दोलन र जनजिविकाको आन्दोलन सशक्त र प्रभाकारी बनाउन नसक्ने अवस्थामा विद्यार्थी संगठन देखा परेका छन् । शिक्षा क्षेत्रमा निजी क्षेत्र मौलाउँदा सरकारी शैक्षिक संस्था संकटग्रस्त अवस्थामा पुगेको छन् यसतर्फ राज्य र शिक्षासम्वध निकाय मौन र गैरजिम्मेवार छन् । विद्यार्थी संगठनले पनि आफुलाई वर्गीय हितमा समर्पित भई दवाव सिर्जना गर्ने नसक्ने अवस्थाले आन्दोलनहरु औपचारिकतामा सिमित बन्न पुगेका छन् । जस्तो पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि भएको छ ।

भारतीय बजारमा प्रतिलिटर ३२ भन्दा बढी घट्दा पनि नेपाली बजारमा कार्यनयन नगर्ने गैरजिम्मेवार आयल निगमलाई विरोध, धर्ना आदी संघर्षहरु निर्णायक बन्न नसक्नु दुखद पक्ष छ । माओवादी जनयुद्धताकाको क्रुर राज्यआतंक हुँदासमेत त्यविबेला मुलकको काठमाडौंमा विद्यार्थी आन्दोलन भयङकर शक्तिशाली थियो । सफल नेतृत्व र समर्पित कार्यकर्ताहरुको सडक मोर्चमा राजतन्त्रको अन्त्यको नारा सशक्त थिए, जसको परिणमस्वरुप शिक्षा क्षेत्रमा केही हक अधिकार सुनश्चित भए, यद्यपि त्यो बेलामा शैक्षिक विकृति विसंगतिलाई सुधार्न शिक्षामा बजेट विनियोजन गर्ने र राजनीतिक दलबीच शिक्षामा साझा कार्यक्रम बनाउन विद्यार्थी संगठनहरुको ठोस भुमिका रहन सकेन । सरकारी कर्मचारी र राज्यबाट भत्ता लिनेका छोराछोरी सरकारी शिक्षण संस्थामा पढ्नुपर्ने माग कार्यनयन हुन सकेको छैन । विश्वविद्यालयका समस्याहरू सुधार गर्ने र आन्दोलनबाट प्राप्त उपलब्धिको कार्यनयनमा सकेको छैन । शिक्षा क्षेत्रका व्यापारीहरुले राज्य र शिक्षासँग सरोकार राख्नेहरुलाई पैसाको प्रभावमा आफ्नो स्वार्थअनुरुपका काम गराइरहेका छन् । विद्यार्थी संगठनका नेताहरू नै शिक्षामा लगानी स्विकृत दिलाउनेतर्फ लाग्ने, कमिशन लिने आफ्नो मान्छे भर्नाका लागि दबाब दिन थालेका छन् । यस्ता प्रवृत्ति पात्रहरूका विरुद्ध निरन्तर प्रहार र आन्दोलनको साटो सम्झौता र सहकार्य गर्ने प्रवृत्ति देखा परेको छ ।

 

विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरु विपन्न गरिव विद्यार्थीका लागि पहुँचमा छैनन् । यस्ताखाले गोलमटोल स्थितिको पैदा भएको स्थितिमा शिक्षालाई रोजगारीयुक्त बनाउन नेपालको समग्र शिक्षा प्रणाली खाकासमेत पेस गर्न नसक्नु निकै दुखद पक्ष हो । नेपालको समग्र जल, माटो, नेपालीपन सुहाउँदो शिक्षणको साटो नेपालका कलेज\ शैक्षिक संस्थाहरु विदेशी आवश्यकता परिपुर्तिको साधन बनेको छ । यहाँ उत्पादन भएका उच्च जनशक्तिले देशभित्र भरपर्दाे काम पाउन नसक्ने स्थिति बनेको छ । सबैको आकांक्षा विदेश नै बनेको छ । राष्ट्रियतासँग जोडिनेगरी बिद्यार्थी संगठनले ठोस एजेण्डा रु आन्दोलन उठाउन नसकेको स्थिति छ । उच्च शिक्षा साधारण जनताको पहुचमा छैन् ।

 

 

 

विद्यार्थी नेताहरुले दिउसो आगजनी गर्ने, टायर बाल्ने र साँझपख शैक्षिक माफियाहरुँंग साँठगाँठ गर्दा शैक्षिक आन्दोलनमा गलत संदेश गएको छ । त्यसकारण यस बदनियत कार्यको खारेजी गर्दै अबको विद्यार्थी आन्दोलनले आफ्नो प्राथमिकता नीति कार्यक्रम र योजनमा ठोस पहल लिनुपर्छ । सबैले समिक्षा गर्नुपर्ने यो छ कि, पार्टीको प्रचारप्रसारको साधन बन्ने वा देशको दिर्घकालिन राजनीतिको भविष्य सुरक्षित गर्ने ? विद्यार्थी आन्दोलनको नेतृत्व गरेर शैक्षिक विकृतिको अन्त्य गर्ने हो वा शैक्षिक माफियाहरुलाई पोस्ने संघर्षको नाटक गर्ने ? यसमा स्पष्ट हुनुप¥यो । यति धेरै शैक्षिक क्षेत्रमा बेथिति, भ्रष्टाचार अनि राष्ट्रियतामाथि प्रहार हुँदा, महंगीले सिमा नाघ्दा, राज्य र जनतामाथि तमाम खाले संकट उत्पन्न हँुदा हजारौंहजार विद्यार्थी सडक संरघर्षमा होमिनुपर्नेमा कतैपनि ठोस पहल र आवाज उठाएको सुनिँदैन ।

 

विद्यार्थी आन्दोलन सत्ता प्राप्त गर्ने भर्याङ जस्तो देखिन्छ । विद्यार्थी आन्दोलन वर्गीय रूपमा संगठित हुने र वलिदानको विरासतबाट ओतप्रोत हुन जरुरी छ । यसमा कसैलाई निषेध र दमन गर्न मिल्दैन । आफ्नो मुद्दागत प्राथमिकता छुट्याउन नसक्दा विद्यार्थी आन्दोलन विकृत बन्यो । पछिल्लो समय नेपालको विद्यार्थी आन्दोलन प्रधानमन्त्रीको सत्ताको रखबारी गर्ने, सत्तासँग सम्बन्ध बिग्रेला भनेर डराउने र अरिंगाल बन्ने दिशातिर केन्द्रित भएको देखिन्छ । अहिले विद्यार्थी संगठनले नेपालका कति विद्यार्थीको प्रतिनिधित्व गर्छन् ? उदाहरणका लागि काठमाडौं विश्वविद्यालयमा पढ्ने विद्यार्थीले कुन विद्यार्थी संगठन ठीक हो, कसले मेरो हितका निम्ति बोलिदिन्छ भनेर कसमाथि विश्वास गर्छन् ? नेपाली विद्यार्थी आन्दोलन पुनजागृत गर्दै नेपालको शिक्षा प्रणालीको ठोस खाका, शिक्षामा सरकारको सहभागिता र लगानी, नियमनका विषयमा र स्पष्ट नीति बनाएर तदनुरुपको बैचारिक संगठन निर्माण गरि संघ गरिब, किसान, मजदुर र निम्न वर्गलाई शिक्षामा राज्यले अनिवार्य र निशुल्क गर्ने जरुरी छ।

 

नेपाली बजारमा, नेपाली जल,माटो,उत्पादन र प्राकृतिक साधनअनुसारको दक्ष जनशक्ति कसरी उत्पादन गर्न सकिन्छ ? नेपालमा उत्पादीत दक्ष जनशक्तिलाई नेपालभित्र कसरी रोजगारी जीवन र अवसर प्रदान गर्ने सकिन्छ ? विद्यार्थी आन्दोलनलाई सफल बनाउन विद्यार्थी संगठनसँग विद्यार्थी आन्दोलनले यी विषयमा स्पष्ट एजेन्डा सहित निर्णायक आन्दोलनमा लिन, दबाब सिर्जना गरि त्याग बलिदान विरासत युक्त नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलन अझ सशक्त जझारु शैक्षिक क्षेत्रका समस्या हल गर्दै राष्ट्रियता र जनतन्त्र जनजीविको पक्षमा पैरवी गर्दै नयाँ राजनीतिक व्यवस्था र शिक्षा प्रणालीको वकालत गर्ने जरुरी भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation