रानीतालमा शिक्षक र जनप्रतिनिधिको संयुक्त वनभाेज कार्यक्रम

रानीतालमा शिक्षक र जनप्रतिनिधिको संयुक्त वनभाेज कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय पर्यापर्यटनकाे प्रबर्द्धन, विद्यमान शैक्षिक समस्या र समाधानका विषयमा विमर्श तथा सम्बन्धहरुकाे पुनर्ताजगीकरणमा टेवा पुर्‍याएउने उदेश्यले वनभाेज कार्यक्रम गरिएको आयाेजकले बताएको छ ।  गौमुखी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र एकीकृत अखिल नेपाल शिक्षक संगठन गौमुखी गाउँ कमिटीको आयोजनामा रजवाराको रानीतालमा आज संयुक्त वनभोज कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानासहित निर्वाचित जनप्रतिनिधि र शिक्षक संगठनका जिल्ला अध्यक्ष कमल जिसीसहित गौमुखी गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूको उपस्थिति रहेको थियो । वनभोजको क्रममा झाँक्रीढुङ्गाको अवलोकनसमेत गरिएको थियो ।

वनभोज कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष महावीर राना र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कमल जेसीले स्थानीय सरकार र शिक्षकहरूले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि साझा धारणा र योजना निर्माण गरेर जानुपर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation