


अग्निधर चन्द बाेहाेरा, उत्तरी प्यूठानकाे गाैमुखी गाउँपालिकाले सडक स्तराेन्तिकाे काम अगाडि बढाइरहेको छ ।
गौमुखी क्षेत्रको झिमरुककाे सिमानदेखि ठुलावेसी, अर्खा गौमुखी सम्म ग्रामीण ग्राभेलिङ कार्यक्रम भइरहेकाे हाे । गाउँपालिकाे क्षेत्र हरिया खोलादेखी अर्खा ठुलाचौरसम्म सडकको ग्राभेलिङ कार्य भैरहेको छ। गौमुखी गाउँपालिकाको २ खन्ड मध्य अग्लुङ्ग्खोला देखि अर्खा खण्ड्को सडक स्तरोन्नति करिब अन्तिम चरणमा पुगेको सो सडक निर्माण उपभोक्ता समितिले जनाएको छ। यस कार्यले केही महिना अवश्य यातायातमा सहजता थप्ने छ।
गौमुखी गाउँपालिकाकाे सडक मर्मत संभार र स्तराेन्नति अन्तरगतकाे ८० लाख बजेटबाट दुईवटा उपभोक्ता
समिति मार्फत काम भइरहेकाे पालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिए । उनले प्राणमञ्चचसँग कुराकानी गर्दै पालिकाकाे दक्षिणी सिमानादेखि अर्खाकाे गाैमुखीस्म विनियोजित ८० लाख मार्फत ८ सय मिटर नाला कटिङ, ग्रावेल र अत्यन्तै साँघुरो ठाउँमा साइड कटिङ समेतकाे काम भइरहेकाेले यातायातमा केही सहजता आउने बताएका छन् ।
सडकलाई दिगो रुपमा पक्की नाली बिनाको बाटो एकझर पानी आएमा सिङ्गो भलको खोलो बाटोमा खनिने हुँदा केही अर्थ नरहने बताउँछन् । गाैमुखी र रजवारा जाेड्ने सडक अन्तरगत करिब एक कि. मि. गुल्मीको अग्लुङमा पर्ने सडककाे मर्मत पनि प्युठानबाट नै गरिएको छ । गुल्मी मदानेले साे सडक विस्तार र विकासमा चासाे राख्नुकाे सट्टा गौमुखी तथा प्युठानक्षेत्रबाट के पालिकाले यत्ति सडक मर्मत गर्न पनि सक्दैन र? तिमिहरुले केही नगर्न? यति त तिमिहरुले पनि त गर्न सक्छौ नि भन्नेजस्ता प्रश्नको क्षणिक उत्तर मिलेकाे भएपनि सिङ्गो गौमुखी क्षेत्रको लाइफलाइनको रुपमा रहेको सडककाे स्तरिय र दिगो विकास गर्नु अनिवार्य छ ।