गएराति अज्ञात समुहद्वारा ठुलाे परिमाणमा चाेरी र ताेडफाेड

गएराति गौमुखी गाउँपालिकाेकाे ठुलावेसीमा अज्ञात समुहले स्थानीय पसल र गाैमुखी माविमा चाेरी तथा ताेडफाेड गरेकाे खबर प्राप्त भएको छ ।

चाेरले प्रतीक्षा केसी पुन मगरकाे दाेकानबाट नगद र गरगहनासहित १ लाख ३० हजार र राजेन्द्र केसीकाे पसलबाट २४ हजार नगद चाेरी गरेकाे स्थानीय व्यवसायी बालाराम न्याैपानेले बताएका छन् ।

चाेरी गिराेहले एकीकृत वचत तथा ऋण बचत सहकारी संस्थामा सामन्य ताेडफाेड गरेकाे छ भने गाैमुखी माध्यमिक विद्यालय ठुलाबेसीको लेखा कक्ष, प्रशासनिक कक्ष, स्टाफ कक्ष र सिसिटिभी कक्ष तोडफोड गरेकाे छ । अत्यन्तै मसिनाे ढंगले नगद खाेजिरहेकाे चाेेरले विद्यालयबाट करिब ६ हजार नगद चाेरेकाे छ ।

 

गिराेहले परीक्षा समितिको बक्स पनि तोडेको शिक्षक जायश्वर जैसीले बताए । उनका अनुसार सोही समयमा बजारका चार घर तोडेर पैसा चोरिएको छ । राति ११ बजेबाट पसेका चाेरहरुलाई सहकारी सटर ताेड्ने बेला स्थानीयहरुले थाहा पाएपछि खाेजतलास गर्दा फरार भएकाे छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाको अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार गाैमुखी माविकाे सिसि टिभी फुटेज हेर्दा एकजना मात्रै देखिएकाे बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation