डढुुवाले आलुुु मास्दा कृषक चिन्तामा

हामी कृषि प्रधान मुुलुुकका नागरिक, विश्व ग्राफमा पनि नेपाल कृषि प्रधान मुुलुुक भनेर चिनिने तर हाम्रो उत्पादनमा आत्मनिर्भरता कति छ ? यो जवाफले भने हामीलाई सर्वाधिक लज्जित बनाउँछ । कृषि प्रधान मुलुक निर्वाहमुुखी तथा ऋणात्मक अवस्थाबाट माथि उढ्न नसक्नुनै हाम्रो मुुख्य समस्या हो । राज्यले किसानलक्षित कार्यक्रमको आधुनिकिकरण र माटो अनुकुुलको कृषि खेती प्रणालीको प्रभावकारी विकास गर्न धेरै ढिला भयो । राज्यको नीतिगत समस्या र परम्परागत कृषि प्रणालीकै अनुुशरण गर्न बाध्य देशका अधिकांश कृषकको उत्पादनले लगानी नै उठाउँदैन ।

 

परम्परागत रुपमै कृषिको अलावा व्यवसायीक आलुु खेती गर्दै आएका प्यूठानको गौमुखी गाउपालिका कृषकको आलुुमा डढुुवा रोग लागेपछि निराश छन् । पालिकाको वार्ड न – ६ लिवाङ बुक्तिचौरका किसानहरुले लगाएको आलुमा डढुुवा रोग लागेपछि चिन्तित भएका हुुन् । बुत्तिचौर निवासी वुद्व बहादुर झाँक्री र मङकली झाँक्री दम्पति विगत एघार वर्ष यता व्यवसायीक आलुुखेतीसंगै भेडापालन गर्छन् । झाँक्रीको बारीमा बाह्रमासै कृषि उब्जनी भैरहेको देख्न सकिन्छ । २०६६ सालमा दाउरा काट्ने क्रममा रुखवाट लडदा ढाड र खुट्टा भाँचिदा अशक्त बन्नुभएका झाँक्री २ वटा बैशाखी टेकेर कृषि कार्य गर्छन् । शारीरिक अवस्थाले अशक्त झाँक्री बुुक्तिचौरका एक उदाहरणीय कृषक हुुन् ।

उनको श्रीमती र छोराले पनि निरन्तर कृषि कर्म गर्छन् । व्यवसायीक कृषि कर्ममै खटिएका झाक्रीले आफ्ना ५ जना छोराछोरीलाई कृषि कार्य र भेडापालन बाटै पढाउँछन् ।
यतिबेला झाँक्रीको करिव ३ रोपनी जग्गामा हिउदे आलु खेती रहेको छ । ८ जना कामदार सहित ड्याम बनाई चार दिन लगाई रोपिएको उक्त आलु खेती भदौ महिनामै रोपिएको थियो । आलु रोप्ने समयमा झाक्रीको करिब पन्ध्र हजार खर्च भयो । तर आलु भित्राउने समयमा डढुवा रोगले आक्रमण गरेपछि परिवार निराश भएको छ । झाँक्रीले मन खिन्न बनाउदै भने, “आलु रोपेको एक महिनामै रोगले पुरै बोट सखाप पा¥यो औषधि लिन बजार झर्ने समस्या,त्यसमाथि पहिरो गई मोटरबाटो बन्द हुँदा झन अर्को चुनौती थपियो । वडाबाट समेत कुनै हेरफेर भएन ।“

वडाबाट बिउबिजन आएपनि कृषक वर्गलाई कुनै तालिम, ज्ञान र लगाउने बिधिहरु नै नबताई सोझै बीउ फालिदिने गरिन्छ भने बिषादी तथा प्राविधिकसहितको औषधीको व्यवस्थापन पालिकाले कृषकहरुको लागि नगर्दा आफुजस्ता कैयौ कृषकहरु यस्ता मारमा पर्नुपरेको झाक्रीको गुनासो रहेको छ । सिंचाईको समेत सुविधा नहुँदा गरिखाने कृषकहरुलाई अझ अर्को चुनौती थपिएको छ । बुद्व बहादुर झाँक्रीले अहिले झिमरुक गाउपालिका आठ सिस्नेमा भाडामा खेती गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation