Pranmancha

Advertisment

SKIP THIS

लालीगुराँसको अन्तरक्रिया दिहाल्नामा, बैशाखमा खेलकुद महाेत्सव हुने

प्यूठानको झिमरुक गाउँपालिका वडा न -८ मा  ´दिहाल्ना खेलकुद पर्यटन सरोकार` सम्बन्धि अन्तरक्रिया  कार्यक्रम   शुक्रबार सम्पन्न भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकासका संयोजक गोबिन्द गिरी र झिमरुक गा.पा -८ नं. वडाद्वारा आयाेजित उक्त कार्यक्रम सोही वडाका वडाध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा संचालन भएको हो ।

गौमुखी, झिमरुक र नौबहिनी गाउँपालिकाको सहयाेग र सरोकारमा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर एमसी, नौबहिनिका  अध्यक्ष डिलाराम थापा र गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीको संयुक्तरूपमा रहेको थियो । त्यस्तै गौमुखी गाउपालिकाका उपाध्यक्ष महावीर राना, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्ती  लगायत त्यस क्षेत्रसँग सरोकार राख्ने  तीन ओटै पालिकाका वडा अध्यक्षहरुको विशेष आतिथ्यता रहेको थियो । साथै दिहाल्ना क्षेत्रसँग सरोकार राख्ने  सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा ३ ओटै पालिकाका अध्यक्षहरु , संयोजक गोबिन्द गिरी लगायत झिम्रुक वडा न – ८ का वडाध्यक्ष तुलस बस्नेतको दिहाल्ना क्षेत्रको खेलकुद विकास र पर्यटनको विषयमा सकारात्मक मन्तव्य समेत राखेका थिए । साथै दिहाल्ना क्षेत्रलाई खेलकुद र पर्यटन को माध्यमबाट फड्को मार्नको निमित्त तीन वटै पालिकाबाट बजेट विनियोन गरिने भएको छ । कार्यक्रममा बाेल्ने सबै वक्ताहरुले दिहाल्ना रंगशालामा खेलकुदकाे विकास तथा यस क्षेत्रकाे पर्यटन विकासमा आफुहरु सबै ढंगले लाग्ने प्रतिबद्धता जनाए ।

 

सोही कार्यक्रमबाट दिहाल्ना खेलकुद पर्यटन गुरुयोजना निर्माण, तीन वटै पालिकावाट प्रतिनिधित्व गर्ने समिति निर्माण, खेलकुद पर्यटन महोत्सव सन्चालन, आर्थिक व्यवस्थापन लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियाे

साथै ३ वटै पालिकाका निश्चित क्षेत्रलाई समेटी खेलकुद तथा पर्यटन पुर्वाधार निर्माण गर्नको निमित्त ३ वटै पालिकावाट प्रतिबद्धता जाहेर गर्ने , ३ वटै पालिकाले सयुक्त रुपमा विस्तृत गुरुयोजना तयार पार्न पहल गर्ने जस्ता विविेध निर्णयहरु गरिएको छ। खेलकुद पर्यटन प्रवर्धनका निमित्त नव वर्ष २०८० बैशाख महिनामा दिहाल्नामा खेलकुद महोत्सव हुने बैठकले निर्णय गरेको छ ।

साथै  दिहाल्ना खेलकुद पर्यटन पुर्वाधार विकास गर्नको लागि विस्तृत अध्ययन गरि कार्यक्रम अगाडि बढाउन ३ वटै पालिकावाट कार्यसमिति गठन गरिएको छ । दिहाल्ना खेलकुद पर्यटन सरोकार सम्बन्धी अन्तरकृया कार्यक्रमको सहजिकरण झिमरुक गाउँपालिका वडा न -८ का वडा सचिवले गरेका थिए ।

दिहाल्ना क्षेत्रको सङ्क्षिप्त परिचय :-

समुद्री सतहदेखी  करिब २३०० मिटर उचाईमा  रहेको प्राकृतिक बिबिधताले भरिपूर्ण दिहाल्ना चौर  प्युठानको उत्तरी क्षेत्र झिम्रुक -८ मा अवस्थित छ ।दिहाल्ना चाैर गौमुखी, झिमरुक र नौबहिनी गाउँपालिकाकाे संगमस्थलमा रहेको कारणले पर्यटकीय गन्तव्यस्थलकाे प्रखाईमा रहेको छ । पहाडी क्षेत्रमा पर्ने मनोरम दृश्य बोकेको यो क्षेत्रवाट गुल्मी, बाग्लुङ , अर्घाखाँची, रोल्पा, दाङ् , कपिलवस्तु लगायत प्युठान जिल्लाका लगभग सम्पुर्ण भुभाग देखिनुका साथै उच्च मनाेरम हिमशृङ्खला माछापुच्छ्रे , धौलागिरी , सिस्ने हिमाल र जलजला लगायत थुप्रै हिमशिखरहरुको दृश्य अबलोकन गर्न सकिन्छ । स्थानिय बुढापाकाका अनुसार यस चौरका आफ्नै महत्त्व र विशेषता रहेको छ । किंवदन्ती अनुसार यस चौरको पोखरीमा दहि हाली भर्ने गरिन्थ्यो त्यसकारण यस ठाउको नाम दहि हाल्ने, दहि हाल्ना हुँदै अपभ्रंस भएर अहिले दिहाल्ना नामाकरण रहेको बताइन्छ ।

यस क्षेत्रको चारैतिर राष्ट्रिय फुल लालिगुरास, काफल, एसेलु, चुत्रो लगायत विभिन्न प्रजातिका जंगली जनावरहरु पनि पाइन्छ । उत्तर पुर्वी प्यूठानका ३ वटै पालिकाका सम्पुर्ण बस्तिहरु यहि ठाउँबाट देख्न सकिने यो स्थान उच्च हिमशृङ्खलाहरु समेत देख्न सकिने कारणले गर्दा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यो ठाउमा पुगेर दृश्यावलोकन गरिए मनमा शान्तिको अनुभूतिसँगै जीवन नै प्रफुल्लित बनाउँछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation