

सल्यानको कुमाख गाउँपालिकाले सरस्वती पुजाको अवसर पारी पालिका स्तरीय हाजिरी प्रतियोगिता गर्ने भएको छ । कुमाख गाउँपालिकाले पालिका भित्र रहेका ११ वटै माध्यमिक विद्यालयकाे सहभागीता रहनेगरी हाजिरीजवाफ प्रतियोगिता गर्न भएको हाे ।
कुमाख गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्दले एक सूचना जारी गर्दै कुमाख गाउँपालिकाका ११ वटै विद्यालयलाई हाजिरी जवाफ प्रतियोगितामा उपस्थितको लागि सुचना मार्फत अनुरोध गरेका छ्न् ।
प्रमुख प्रशासकीय अधिकृत चन्दले विद्यार्थीहरुको बाैद्धिक ज्ञानकाे वृद्धि र विद्यालयमा पढेका कुराहरु आजसम्म कति जानेबुझेका छन् भन्ने विषयकाे मुल्यांकनकाे लागि उक्त कार्यक्रमले टेवा पुर्याउने बताए ।
प्रतियोगितामा एउटा टिममा तीन जनाको सहभागीता रहने छ भने हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेले रु. १५००० (पन्ध्र हजार) द्वितीय हुनेले रु. १०००० (दश हजार) र तृतीय हुनेले रु ५००० (पाँच हजार) पुरस्कार प्राप्त गर्नेछन् । हाजिरी जवाफ प्रतियोगिता माघ १२ गते जनता माद्यमिक विद्यालयको प्राङ्गणमा हुने छ ।