यसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ ।
जिल्लामा विगत लामाे समयदेखि झिमरुक फाँट(उपत्यका) मा प्यूठानी राताे मुलाकाे खेती गरिँदै आएकाे थियाे । झिमरुक उपत्यकाकाे खैरा, क्वाडी तथा गेजवाङ क्षेत्रमा गरिने व्यवसायीक मुला खेतीपाती र त्यसकाे बीउबिजनकाे निर्यातले सिङ्गो जिल्लालाई नै देश तथा विदेशमा समेत राम्रो परिचय र पहिचान बनाएकाे मुला खेतीकाे विस्थापनले व्यवसायीक कृषक तथा यस क्षेत्रका सराेकारवालाहरु निकै चिन्तित छन् ।
जिल्लाका अर्खा, रजवारा, स्याउलिवाङ, बराैँला, सारी लगायतका क्षेत्रमा हरेक प्रकारका मुला तथा रायाे सागकाे उत्पादन र त्यसकाे बीउ विदेशमा पनि राम्रोसँग निर्यात हुन्थ्यो तर खासगरी स्याउलसवाङबाट रायाे पैठारी गरिरहेका भएतापनि बिचाैलियाहरुले पैसाकाे लाेभमा रायाेकाे बीउ भनी ताेरी भुटेर तथा अन्य अवैध विधिकाे प्रयाेग गरेर नक्कली बीउकाे बिक्रीवितरण गरेपछि विदेशमा यसकाे निर्यात अहिले शुन्य अवस्थामा झरेकाे कृषि विज्ञ चुमानसिंह गिरीले बताए । यद्यपि त्यसकाे ग्रेडिङ, बजारीकरण तथा गुणस्तरीय उत्पादनमा कैयौं समस्या थिए र छन् । उनले कृषियाेग्य जमिनकाे चक्लाबन्दी र सिंचाई अभावले समग्र कृषि उत्पादनमा गम्भीर समस्या पैदा भएकाे बताए ।
“दुई महिनासम्म मध्यपूर्वकाे अध्ययन एवं अनुसन्धानमुलक भ्रमणकाे सहि सदुपयाेग गरिने याेजना कार्यालयले लिएकाे छ । इजिप्ट जस्ताे मरुभूमि देशमा गरिएकाे नमुना कृषि फार्महरुकाे अवलाेकन गरेका चुमान गिरीले त्यहाँकाे कृषि प्रणाली र प्रविधिबाट आफू अत्यन्तै प्रभावित भएकाे बताए । उनले विदेश भ्रमणकाे शिक्षा र आफुमा रहेकाे विज्ञताकाे संयाेजन गरेर जिल्लाकाे कृषि जगतमा केही न केही नमुना कार्य गर्न लागि परिरहेका दाबी गरे ।”
यतिबेला जिल्लाभर छरिएर रहेका कृषकहरुलाई सहयाेग पुग्नेगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना परियाेजना कार्यान्वयन इकाई प्यूठानले कृषि जगतमा केही सुधारका प्रयासहरु गरिरहेको छ । यसैक्रममा साे कार्यालयले प्यूठानमा लाेप भएको रातो मुलाको बिउ कास्की जिल्लाकाे लुम्लेबाट मगाएर परिक्षण तथा उत्पादनमा विशेष जोड दिन थालिएको कार्यालय प्रमुख चुमान सिंह गिरीले जानकारी दिए ।
विगतकालमा देशभर चर्चित प्यूठानी मुलाकाे नयाँ ढंगले प्रसार एवं सरक्षण गर्ने उदेश्य अनुरुप यो अभियानकाे सुरुवात गरिएको छ । मुलाकाे बीउकाे कम तौल उच्च मूल्य प्राप्त हुने वाली भएकाे र ताजा तरकारी बालीको उत्पादन गरी विक्रिवितरण गर्दा पनि ढ्वानि र बजारको समस्या हुने ठाउँहरुमा पनि तरकारीको वीउ सहजरुपमा उत्पादन गरी विक्रिवितरण गर्न सकिने भएकाेेले यसमा धेरै कृषकहरुलाई जाेड्न खाेजिएकाे कार्यालयले बताएकाे छ ।
अब जिल्लामा याे खाले मुलाकाे तिव्रत्तर विकास तथा अन्य परम्परागत जातका मुला खेतीमध्य कुन उपयुक्त हुन्छ भनि पत्ता लगाउन साे अभियान थालिएको गिरीले बताए । गिरीका अनुसार यो वर्ष क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट प्युठाने रातो मुलाको मुल बीउ लिइ ऐरावती गाउँपालिका ४ कैरनमा १ रोपनी जग्गामा २२ जना किसानको सहभागीतामा प्रबर्द्धन गर्न थालिएको छ ।
यतिबेला कार्यालयकाे प्राविधिक सहयोगमा मुलाको जरा तयार गरि बाली अवधीभर कृषकलाई विशेष रुपले सहसहभागी गराइ उन्नत तरिकाबाट खेती गर्न सिकाइने छ । उक्त १ रोपनी जग्गाबाट करिब ८० केजि मुलाको बीउ उत्पादन गर्ने योजनासहित जिल्ला भित्र रहेका एग्रोभेटसँग समन्वय गरि बिक्रीवितरण गर्ने र अर्को वर्ष मुलाको बीउ उत्पादन छेत्र बिस्तार गर्ने कार्यालयको योजना छ।
त्यस्तै प्युठान नगरपालिका १ मा पनि लुम्लेबाट लुम्ले रातो मुलाको मुल बीउ लिइ ३ रोपनिमा २५ जना किसानको सहभागीतामा बीउ उत्पादन सुरु गरिएको छ। साे क्षेत्रमा बीउबाट बीउ उत्पादन एवं जरा सारेर बीउ उत्पादन हुने गरि २ प्रविधिबाट रोपाइ गरिएको छ। जहाँ बीउ उत्पादनसँग सम्बन्धित आर्थिक तथा प्राविधिक सम्पुर्ण सहयोगसहित सबैखाले समन्वय कर्यालयबाट भएको छ।
यस्ताे छ मुला खेतीकाे नयाँ प्रविधि
कुषि विज्ञका अनुसार यस बिउलाइ बनाउने जमिन तथा नर्सरीमा लाइन देखि लाइनकाे दुरी ४५ सेन्टिमिटर र जरा देखि जराको ३० सेन्टिमिटर दुरीमा लगाइन्छ । जरा ३०–३५ दिनमा जरा तयार हुन्छ भने उक्त जराको तिन भागको एक भाग छड्के कटिङ्ग गरी टाउको भन्दा माथिको ४ सेन्टिमिटर राखि बाँकी फाल्ने ढुसिनाशक विषादी ( बेबिसिङ) २–३ ग्राम एक लिटर पानि मिसाएर झोल तयार गर्ने र त्यसमा बिउ चोपेर लगाउने गर्नुपर्दछ ।
मुलाकाे बीउ यसरी लगाउँदा जरा पलाउनको लागि रुटेक्स हर्मन प्लस गोबर पानी झोलमा डुबाएर लगाउँदा जरा पलाउन धेरै सहयोग गर्दछ । यो तरिकाले विषादिले ढुसिनासक रोगहरुको नियन्त्रण गर्दछ । यसरी उत्पादन गरेको बिउको उत्पादन तथा प्रयोगशाला शतप्रतिशत ल्यावमा पठाइ सकारात्मक नतिजा आएमा एग्रोभेटसँग समन्वय गरेर बीउ प्यूठानमै बिक्रिबितरण गरेर जिल्लामा यसकाे व्यापक उपलब्धता गराइने कार्यालयले दाबी गरेकाे छ ।