
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको अन्तरपालिका स्ततरीय फुटबलकाे उपाधि गाैमुखी गाउँपालिकाले हात पारेकाे छ ।
शनिबार र आइतबार प्यूठान जिल्लाका अन्तरपालिका स्तरीय कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गौमुखी गाउंपालिका विजयी भएको हाे । गौमुखि गाउँपालिका र सरूमारानि गाउँपालिकाबीच भएको फाइनल खेलमा गौमुखीले सरूमारानिलाई शून्य बिरुद्ध २ गोल लिएर बिजयी भएको हो । बिजयी गौमुखीले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
आइतवार भएको खेलमा नौबहिनी गाउँपालिकासँगको सेमि फाइनलमा विजयी हुँदै गौमुखी फाइनल खेलमा प्रवेश गरेको थियो । सेमि फाइनलमा नौबहिनीलाई १ गोलका बिरूद्द २ लिएर गौमुखि फाइनलमा पुगेको हो ।
प्रतियोगितामा सरूमारानि गाउँपालिले दोस्रो स्थान हासिल गरेको छ । फाइनलमा प्युठान नगरपालिकालाइ शुन्यका बिरूद्ध २ गोल लिएर सरूमारानी गाउँपालिका फाइनल खेलमा प्रवेश गरेको थियो ।
शनिवारदेखि विजुवारमा सुरू भएको जिल्लाभरका ९ वटा स्थानीय तह मध्ये ८ वटा पालिका सहभागीता रहेको प्रतियोगितामा ४ वटा मल्लरानी, सरूमारानी, गौमुखी र प्युठान नगरपालिकाको टिमले पहिलो चरणमा जित हासिल गरि सेमि फाइनलमा पुगेका थिए ।
नकआउट सिस्टमबाट खेलाईएको प्रतियोगिताको पहिलो खेलमा ऐरावति, झिमरूक, मल्लरानि र माण्डबी गाउँपालिका खेलबाट पराजित भई बाहिरीएका थिए । जिल्लामै पहिलोपटक पालिका स्तरिय आयोजना भएको पहिलो चरणको प्रतियोगिता उत्साहपूर्ण रहेको खेलमा दर्शकले चासोका साथ खेल अवलोकन गरेको थिए ।
८० मिनेटको समय खेलमा १० मिनेट हाफ टाइम निर्धारण गरिएको थियो । स्वर्गद्धारी नगरपालिका बाहेक प्यूठानका ८ वटा पालिकाले भाग लिएको खेलमा पुरुष टोलीको मात्र सहभागीता रहेको छ ।
सेमिफाईनलमा खेलेका दुई टिमहरु प्युठान नगरपालिका र नौबहिनी गाउँपालिकाले नगद रु पाँच पाँच हजार प्राप्त गरेका छन् । फुटवल प्रतियोगितामा आठ वटै गाउपालिकाका टिमका कप्तान , प्रशिक्षक लगायत खेलमा समावेश रेफ्री र लाइन्समेनहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । कर्मचारीको मैत्रीपुर्ण फुटबल प्रतियोगिता कार्यक्रममा सहजिकरणको भुमिका निर्वाह गर्दै फुटबल कार्यक्रम मैत्रीपुर्ण रुपमा समापन भएको र एक अर्को पालिकाबिचको सम्बन्ध लाई सुमधुर बनाउन समेत उक्त प्रतियोगिताले भुमिका बाेकेकाे कार्यक्रमका सहजकर्ता पुष्कर शर्माले बताएका छन् ।