माओ विचारधाराको रक्षा र विकासको प्रश्न

चीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वदायी भुमिकामा नरहेको भए सम्भवतः सन् १९६०÷६१ मै चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादी बाटो समात्न सक्ने थियो । सम्भवतः आज हामीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास र महान वहस भन्ने सैद्धान्तिक ग्रन्थ पनि पाउने थिएनौं । महान वहस र साँस्कृतिक क्रान्तिका दस्तावेज आधुनिक कम्युनिस्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन नभइ नहुने मार्गदर्शक दस्तावेज हुन् । त्यसो त माओत्सेतुङ विचारधारा साम्राज्यवाद र सर्वहारा क्रान्तिको लेनिनवादी युगको धरातलमा उभिएको विचारधारा हो । यसको रक्षा र विकास गर्नुु क्रान्तिकारीहरुको अभिभारा हो ।

 

माक्र्सवादले प्रतियोगितात्मक पूंजीवादी युगमा सर्वहारा क्रान्तिका विषयमा दर्शन, राजनीति र अर्थशास्त्रका वैचारिक तथा सैद्धान्तिक आधार प्रदान ग¥यो । लेनिनवादले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा उत्पीडित राष्ट्रहरुको मुक्ति र सर्वहारा क्रान्तिका निमित्त संगठनात्मक, व्यवहारिक र सैद्धान्तिक आधार निर्माण ग¥यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादबाट एंगेल्सको योगदान र भूमिकालाई तथा लेनिनवादबाट स्टालिनको योगदान र भूमिकालाई अलग गराउने हो भने माक्र्सवाद र लेनिनवाद नै अपांग हुन जान्छ । माक्र्सवाद लेनिनवादको पदावली अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सामान्य व्यक्तिचेतन र वर्गचेतनको श्रद्धाको विषयमा मात्र ग्रहण गरिएको विषय होइन । मालेवाद सर्वहारा क्रान्तिको नविन र अचुक सैद्धान्तिक र वैज्ञानिक भाष्य हो । मालेवादले अलगअलग युगको प्रतिनिधित्व गर्दछन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको दार्शनिक र सैद्धान्तिक भण्डारमा कमरेड माओत्सेतुङको योगदानले साम्राज्यवाद र सर्वहारा क्रान्तिको लेनिनवादी युगमा एउटा विकसित चरणको प्रतिनिधित्व गर्दछ । त्यसकारण आजको लेनिनवादी युगको आधुनिक कम्युनिस्ट आन्दोलनलाई माओत्सेतुङ विचारधाराको अभावमा ठीक दिशामा अगाडि बढाउन सकिदैन ।

कमरेड माओत्सेतुङद्वारा प्रतिपादित सिद्धान्त र विचारले कृषिप्रधान, आश्रित, अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा रहेका मुलुकहरुमा कम्युनिस्ट क्रान्तिको नयाँ भाष्य सिर्जना गरेको छ । त्यसमा सशस्त्र किसान आन्दोलन, दिर्घकालीन छापामार जनयुद्ध, रणनीतिक संयुक्त मोर्चा र यी सबैको नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट पार्टी अगाडि पर्दछन् । यस्ता मुलुकहरुमा एकैचोटी समाजवादी क्रान्ति गर्ने वस्तुगत आधारभूमि तयार भइसकेको हुँदैन । त्यसैले माओले सन् १९४० मा चीनको विशेषतालाई परिभाषित गर्दै नयाँ जनवादी क्रान्तिको अवधारणा अगाडि सारे । नयाँ जनवाद भनेको कृषि प्रधान अर्थात् अर्धऔपनिवेशिक आदि अवस्थामा रहेका मुलुकमा गरिने नयाँ प्रकारको पूँजीवादी क्रान्ति हो । नयाँ जनवादी क्रान्ति पश्चात् स्थापना हुने नयाँ जनवादी व्यवस्थाको नेतृत्वदायी भूमिकामा कम्युनिस्ट पार्टी हुन्छ । सन् १९४९ पश्चात् चीनमा स्थापना भएको नयाँ जनवादी व्यवस्था अन्तरगतको परामर्श दातृ सरकारको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीले गरेको थियो ।

त्यसमा अन्य पार्टीहरु पनि सामेल भएका थिए । पुरानो प्रकारको पूंजीवादी जनवादमा सत्ता र सरकारको मुल नेतृत्व सामन्त, दलाल तथा नोकरशाही पूंजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टीहरुले गरेका हुन्छन् । कम्युनिस्ट पार्टीहरुले नेतृत्व गरेको नयाँ जनवादी व्यवस्थाले मुलुकलाई समाजवादी संक्रमणको दिशामा अगाडि बढाउने लक्ष्य लिएको हुन्छ भने सामन्त, दलाल तथा नोकरशाही पूंजीपति वर्गले नेतृत्व गरेको बुर्जुवा पूंजीवाद व्यवस्थाले मुलुकलाई साम्राज्यवादी दिशामा लैजाने प्रयत्न गर्दछ । फरक यहि हो, कमरेड माओत्सेतुङको नयाँ जनवादी क्रान्तिको अवधारणा लेनिन, स्टालिनको जनताको जनवादी क्रान्ति सम्बन्धि अवधारणाको विकसित तथा परिस्कृत अवधारणा हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङको योगदान राजनीतिक क्षेत्रमा मात्र होइन, दर्शनको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका रहेको छ । त्यसमा अन्तरबिरोधबारे र व्यवहारबारे जस्ता कृतिहरुले महत्त्वपूर्ण स्थान राखेका छन् । माओका ती कृतिहरुले विश्व कम्युनिस्ट क्रान्तिको प्रवाहमा सार्वभौम अर्थ र महत्व राख्दछन् ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क. माओेको अर्को देन कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले अपनाउनु पर्ने नैतिकता, चरित्र, आचरण र संस्कृतिका सम्बन्धमा रहेको छ । उनले चिनियाँ कम्युनिस्ट आन्दोलनमा सर्वहारा संस्कृति निर्माणको प्रश्नमा लगातार जोड दिएको देखिन्छ । सन् १९२७ देखि चीनको कम्युनिस्ट पार्टीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वमा आइसकेपछि उनले लगातार सर्वहारा आचरण र संस्कृतिको पक्षमा लगातार जोड दिंदै आएका थिए । त्यसोत माओत्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका एकजना अत्यन्त व्यवहार कुशल नेता पनि थिए । विश्व कम्युनिस्ट आन्दोलनमा चिनियाँ भूमिमा भएको माओको उदेश्यले कृषि प्रधान, आश्रित, अर्धऔपनिवेशिक मुलुकको कम्युनिस्ट क्रान्तिको नयाँ खाका कोर्ने काम ग¥यो र एउटा कुशल नेतृत्वको छत्रछायाँमा अनुशासित जनमुक्ति सेनाले दीर्घकालीन जनयुद्ध मार्फत कसरी क्रान्ति सम्पन्न गर्दछ भन्ने कुरा व्यवहारमा उतारेर देखाइदियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र मात्र होइन, कम्युनिस्ट क्रान्ति सम्पन्न भइसकेपछि पनि समाजवादको गर्भमा पूंजीवाद जन्मन सक्दछ भन्ने कुरामा माओ आजिवन सचेत भए । यो सचेतना कमरेड स्टालिनमा देखिन्न । त्यसैले स्टालिनले समाजवाद निर्माण प्रक्रियामा नै सोभियत संघमा वर्गहरु समाप्त भएको घोषणा गरे । जसको परिणाम तत्कालीन सोभियत समाजवादको गर्भमा खुु्रश्चेभ एण्ड कम्पनीको जन्म भएको थियो । माओले यसबाट पाठ सिके र चीन र विश्व कम्युनिस्ट आन्दोलनमा नै निरन्तर वर्ग संघर्षको नीतिमा जोड लगाए र दक्षिणपन्थी संशोधनवादका विरुद्ध महान वहसको सञ्चालन गरेर लाल झण्डा उठाए ।

चीनको मात्र होइन विश्वकै कम्युनिस्ट आन्दोलनलाई ठीक क्रान्तिकारी दिशामा अगाडि बढाउने प्रश्नमा माओको महत्त्वपूर्ण देन रहेको छ । युगोस्लाभियाका मार्सल टीटो र तत्कालीन सोभियत संघका निकिता ख्रुश्चेवको दक्षिणपन्थी संशोधनवादका विरुद्धमा माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महान वहसको पैरवी गरे । आफ्नो मुलुक, चीनको कम्युनिस्ट पार्टी र कम्युनिस्ट सत्तामा पैदा भएको दक्षिणपन्थी संशोधनवादका विरुद्धमा उनले सन् १९६६ बाट महान सर्वहारा साँस्कृतिक क्रान्तिको उद्घोष गरे । पार्टीको मुख्यालयमा दक्षिणपन्थी संशोधनवादीहरुको वर्चस्व कायम भएपछि माओत्सेतुङ आफ्नो पार्टीका तल्लो
कमिटी र सदस्यका बीचमा गएर पार्टी मुख्यालयमा बम बर्षाऊ भन्न पछि परेनन् ।

चीनमा दक्षिणपन्थी संशोधनवादीहरुले क्रान्तिकारी विचारमाथि दमनको नीति अख्तियार गर्न थालेपछि माओले सयौँ विचारहरुलाई खेल्न देऊ, सयौँ फूलहरुलाई फूल्न देऊ भन्ने विचार गरेर संशोधनवादका विरुद्धमा कार्यकर्ताहरुलाई संगठित गरे । तर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको प्रभावको विस्तार हुँदै गयो । त्यो प्रभावबाट चिनियाँ कम्युनिस्ट पार्टी पनि प्रभावित हुँदै गइरहेको थियो । पार्टीमा हरेक मध्यपन्थीहरुको दक्षिणपन्थीहरु प्रतिको उदारताका कारणले पनि चीनमा दक्षिणपन्थी संशोधनवादीहरु पार्टी र सरकारको भूमिकामा पूनस्थापित हुन पुगे । एकातिर यो अवस्था रह्यो भने अर्कोतिर चीनको कम्युनिस्ट पार्टीले एकाएक लिनपियाओलाई माओपछिको उत्तराधिकारी घोषणा गरे । अनि उनको मर्यादाक्रमलाई पनि माथि उठाउने काम गरियो ।

माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद लेनिनवाद र संशोधनवादका बीचको संघर्षको प्रश्नमा महान वहसको पैरवी तथा चीनमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको उद्घोष गर्दागर्दै पनि मध्यपन्थी अवसरवादको विरुद्धको संघर्षमा ध्यान पु¥याउन सकेनन् । त्यसका साथै लिनपियाओलाई उत्तराधिकारी घोषणा गरेर अर्को गल्ती गरे । सन् १९७१ मा त उत्तराधिकारी घोषित भएका लिनपियाओले योजना नम्बर ५७१ मार्फत माओलाई अपदस्त गरेर सत्तामा जाने प्रपञ्च भयो तर उनको त्यो षड्यन्त्रपूर्ण प्रपञ्च असफल भयो ।

यस्तै यस्तै कमजोरीका बीचमा देङस्याओपिङ नेतृत्वका दक्षिणपन्थीहरु पार्टी भित्र खेल्न सफल भए । त्यसको परिणामस्वरूप सन् १९७६ मा माओको मृत्युु भएको १ महिना नपुग्दै चीनमा प्रतिक्रान्ति भयो । त्यसपछि त चीनको कम्युनिस्ट पार्टी पूर्णरुपमा दक्षिणपन्थी संशोधनवादी दिशामा गयो । विश्व र चिनियाँ कम्युनिस्ट आन्दोलनमा उत्पन्न भएका यस्ता घटना र परिघटनाहरुले विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादीहरुको एकछत्र दबदबा हुन गयो। कुुनै पनि मानिसका व्यक्तिगत जीवनमा कमीकमजोरी हुन्छन् भने एउटा सैद्धान्तिक र वैचारिक जीवनमा सामान्य कमजोरी हुनु स्वभाविक पक्ष हो ।

माक्र्सवादको रक्षा र क्रान्तिकारी आन्दोलनको विकासमा माओेका योगदानहरु विराट महत्वका छन्। तिनको पथप्रदर्शको अभावमा आजको कम्युनिस्ट आन्दोलनलाई पनि ठीक दिशामा अगाडि बढाउन सकिन्न। मध्यपन्थी अवसरवादका विरुद्धको संघर्षमा ध्यान पु¥याउन नसक्नु र लिनपियाओलाई उत्तराधिकारी घोषणा गर्नु माओका परिस्थितिजन्य कमजोरी थिए। माओत्सेतुङले विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको रक्षार्थ दिएको योगदानका अगाडि ती कमजोरीहरु सामान्य हुन् । चीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वदायी भुमिकामा नरहेको भए सम्भवतः सन् १९६०÷६१ मै चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादी बाटो समात्न सक्ने थियो । सम्भवतः आज हामीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास र महान वहस भन्ने सैद्धान्तिक ग्रन्थ पनि पाउने थिएनौं । महान वहस र साँस्कृतिक क्रान्तिका दस्तावेज आधुनिक कम्युनिस्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन नभइ नहुने मार्गदर्शक दस्तावेज हुन् । त्यसो त माओत्सेतुङ विचारधारा साम्राज्यवाद र सर्वहारा क्रान्तिको लेनिनवादी युगको धरातलमा उभिएको विचारधारा हो । यसको रक्षा र विकास गर्नुु क्रान्तिकारीहरुको अभिभारा हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation