नसालु पदार्थले महिला सिकिस्त, झिसमिसे साँझमै नगद ३ लाख चाेरी, श्रृङखलाबद्ध चाेरी हुँदा कहाँ लुक्छ प्रहरी ?

प्राणमञ्च अपडेट, अपरिचित व्यक्तिले एक महिलालाई नसालु पदार्थ सुँघाई बेहाेस बनाएर प्यूठानको झिमरुक गाउँपालिकाको ढाँड बजारमा सोमबार साँझ ७ बजेतिर चाेरी भएको छ ।

झिमरुक गाउँपालिका ५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगदसहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल, चोरी भएको पदम खड्काले बताए । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।

घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासी अपरिचित व्यक्तिले नसालु पदार्थ सुँघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानीयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् ।

चोरी गर्ने व्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्यूठानको इमर्जेन्सी वार्डमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिएका छन् ।

प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

यसरी लामाे समयदेखि जिल्लामा श्रृङखलाबद्ध चाेरीका घटना भइरहँदा पनि प्रहरी प्रशासनले दाेसी पत्ता लगाउन नसक्दा गाउँशहरवासीहरु त्रसित र आक्राेशित छन् भने प्रहरीकाे भूमिकामा समेत प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation