शंकास्पद व्यक्तिलाई गाैमुखी प्रवेशमा राेक, चाेर समाते १० हजार पुरस्कार !

 

पछिल्लो समय जिल्लाका विभिन्न ठाउहरुमा पेशेवर लुटेराहरुको शैलिमा चोरीका घटनाहरु दिनानुदिन बढ्दै गएको छ । यहि समस्यालाई मध्यनजर गर्दै गौमुखी गाउँपालिका प्यूठानले बुधवार एक बिज्ञप्ति जारी गर्दै शंकास्पद व्यक्ति प्रवेशमा राेक लगाएकाे छ ।

गतसाता गौमुखीमा भएको डरलाग्दो चाेरीका घटनाले स्थानीबासी त्रसित बनिरहेका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीद्वार हस्ताक्षरित बिज्ञप्तिमा यी यस्ता घटनाहरु घट्न नदिनको निम्ति आफ्ना गाउँ, टोल, छरछिमेकमा नौलो एवं परिचय नखुलेका ब्यक्तिहरु आउन सचेत रहन आग्रह गरिएको छ ।

 

गाउँपालिका क्षेत्रमा घुमन्ते व्यापारीहरु ( कपाल किन्ने ,सिरक डस्ना बनाउने , कपडा, भाडाकुडा, जडिबुटी इत्यादी लगायतका कारोबार गर्ने संकास्पद ब्यक्तिहरुलाई अर्को सुचना प्रकाशन नहुन्जेल सम्मको पालिकाको सिमा प्रवेशमा रोक लगाईएको छ ।

समाजमा शान्ती सुरक्षा जस्ता कार्य गर्ने गठित बजार तथा गाउँ टोलका सम्बन्धित संघ सस्थाहरुले समेत नागरिक स्तरबाट आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ । कुनै संकास्पद व्यक्ति वा समुहहरु फेला परेमा जिल्ला प्रहरी कार्यालय प्युठानको टोल फ्री न . १०० र इलाका प्रहरी कार्यालय पुजाको सम्पर्क न . ९८६९५९५२५८ तथा सम्बन्धित वडा अध्यक्ष लाई तत्काल सुचना गर्नको निम्ति अनुरोध गरिएको छ ।

 

त्यस्तै चोरी कार्य गर्ने ब्यक्तिहरुलाई पहिचान गरि पक्राउ गर्ने ब्यक्तिहरुलाई रु १० हजार नगद पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको गौमुखी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तिले बताएका छन् । प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । चाेरी गर्ने समुहको खोजी कार्य भइहेपनि अहिलेसम्म चोरी गर्ने समूह/ब्यक्ति पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation