Pranmancha

Advertisment

SKIP THIS

लुप्लुङ माविकाे ६३ औँ वार्षिकोत्सव, वक्तृत्वकलासहित विविध कार्यक्रम सम्पन्न

प्यूठानको नाैबहिनी ८ लुप्लुङमा स्थिति लुप्लुङ माध्यमिक विद्यालयले आफ्नो विद्यालय स्थापनाकाे ६३ औँ वार्षिकोत्सब एक भव्य समारोहबीच मनाएकाे छ । वार्षिकोत्सबकाे अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमकाे आयाेजना पनि गरिएको छ ।

बिहीबार सम्पन्न साे समारोहमा अन्तरपालिका स्तरीय “राेजगारमुलक शिक्षा, आजकाे आवश्यकता” विषयक वक्तृत्वकला कार्यक्रम गरिएको छ । पालिकाका ५ वटा मावि स्कुलकाे सहभागीता रहेकाे साे प्रतियोगितामा प्रथम स्थान नेपाल राष्ट्रिय मावि डामृले लिएकाे छ । साे विद्यालयकी जानकी सुनारले सहभागी अन्य चार प्रतियाेगीलाई पछाडि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । त्यस्तै दाेस्राेमा, अम्बिका मावि फाेप्लीकी सम्झना राेकामगर र तेस्राेमा जनज्योति मावि लुङका अर्जुन सुनारले हात पारेका छन् ।

कार्यक्रममा विद्यालयकाे तर्फबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, शिक्षा दिवस तथा बाल दिवस लगायतका प्रतियाेतात्मक कार्यक्रमका विभिन्न विधामा सहभागी र विजेता विद्यार्थीहरुलाई पनि सम्मान एवम् पुरस्कार वितरण गरिएको छ भने अनुशासित तथा जेहन्दार विद्यार्थीकाे रुपमा कक्षा ९ मा अध्ययनरत छात्रा निरुता घिमिरे तथा कक्षा १० का कुमार खड्का क्षेत्रीलाई पनि सम्मान एवम् पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । स्वर्गीय लाेकी पाेख्रेलकाे सम्झनामा जम्मा भएको ५० हजारकाे अक्षयकोषबाट प्राप्त तीन महिनाकाे ब्याजबापतकाे हुन आउने रु दुई हजार दुई सयकाे रकमलाई आधा/ आधा (एघार सय)काे रकमसमेत प्रदान गरिने पनि घाेषणा गरिएको छ ।

त्यस्तै आफ्नाे विषयमा उत्कृष्ट नतिजा निकाल्न सफल पुरुषाेत्तम पाैडेल, कुशल प्रशाशक बसन्त प्रसाद भण्डारी, सहायक प्रअ कुमार भण्डारी, शिक्षक विष्णुप्रसाद भण्डारी, कम्प्युटर अपरेटर तथा लेखा विभागका कुमार भण्डारी शिक्षिका द्राैपता भण्डारी, सुरज केसी तथा का.स. माधब प्रसाद भण्डारीलाई पनि सम्मानित गरिएको छ भने स्थापनाकालदेखि नै विद्यालयलाई याेगदान दिने चेतमान भण्डारी तथा स्वर्गीय टिकाराम भण्डारी लगायतका अभिभावकलाई पनि सम्मान एवम् स्मरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि नाैबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापा थिए भने विशिष्ट अतिथिमा साेहि पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पाैडेल रहेका थिए । कार्यक्रममा पालिकाका वडाध्यक्ष, अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, पूर्वशिक्षक, पत्रकार लगायतकाे भव्य उपस्थिति रहेकाे थियाे ।

 

शिक्षक खेमराज भण्डारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण कुमार भण्डारीले गरेका थिए । कार्यक्रममा हाप्किडाेका विद्यार्थीहरुले विभिन्न विधाहरु प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले बिचबीचमा गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation