कुमाखमा पालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता

पुष्कर पन्त सुनार/ सल्यान

कुमाख गाउँपालिका सल्यानमा ऋषिपञ्चमि तथा सरस्वति पूजाको अवसर पारेर पालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा जनता माध्यमिक विद्यालय रागेचौरमा सम्पन्न भएको साे कार्यक्रममा ११ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

 

हाजिरी जवाफ प्रतियोगिमा प्रथम जनता मा बि रागेचौर, द्वितिय बुद्ध जनकल्याण माध्यमिक बडागाँउ र तृतीय जनकल्याण माध्यमिक विद्यालय बडागाँउ कोट भएको छ । सहभागी प्रथम, द्वितिय, तृतीय लाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र प्रमाण पत्र वितरण गरिएको शिक्षा शाखा प्रमुख दिपक चन्दले बताउनु भयो ।

कार्यक्रमको सभाध्यक्षता गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, अतिथिहरु योजना शाखा प्रमुख मान बहादुर बुढाथोकी, रोजगार संयोजक जीवन शर्मा लगायत पालिकाका कर्मचारी र विद्यालयका शिक्षक बिद्यार्थी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख दिपक चन्दले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation