जनज्योतिकाे ३२ औँ वार्षिकोत्सव: विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

प्यूठानको गाैमुखी ४ लैसरास्थिति जनज्योति आधारभूत विद्यालयले आफ्नो विद्यालय स्थापनाकाे ३२ ओैँ वार्षिकोत्सब एक भव्य समारोहबीच मनाएकाे छ । वार्षिकोत्सबकाे अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमकाे आयाेजना पनि गरिएको छ ।

बुधबारदेखि सुरु भएको उक्त समारोहकाे अवसरमा प्रावि स्तरीय हाजिरीजवाफ तथा घैँटाे फाेर प्रतियोगिता पनि सम्पन्नता भएको छ । जनज्याेति आधारभूत विद्यालयको ३२ ओैँ वार्षिकउत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित वडाका विद्यालयहरुको प्रा. वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता र अभिभावक बिच घैँटोफोर प्रतियोगिता सम्पन्न भएको छ । जसमध्ये हाजिरी जवाफ तर्फबाट प्रथम – बालजीवन सुधार आधारभूत विद्यालय खलाचाैर, द्वितीय- शिशुकल्याण प्रा. वि गाडापानीचाैर र तृतीय- महेन्द्र मा. वि पुजा भएका छन् ।


त्यस्तै घैँटोफोर तर्फकाे प्रतियोगितामा अभिभावक श्री बुद्धिसिंह खत्रीले पुरस्कार हात पारेका छन् । विजेताहरु सबैलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएकाे छ ।

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बालकल्याण प्रा. वि घोप्टेका प्रधानाध्यापक श्री लक्ष्मण जि .सी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय बुक्तिचाैरका शिक्षक श्री खेम थापालाई विशेष सम्मान व्यक्त गरिएको छ ।

कार्यक्रमकाे अवसरमा स्वर्गीय चुमाकुमारी जैसीकाे वार्षिक तिथिकाे सम्मान तथा सम्झनामा विपन्न तथा जेहेन्दार दुई जना विद्यार्थीलाई रु दुई दुई हजार नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएकाे छ ।

निजका छाेराहरु ज्ञामुराम न्याैपाने तथा बालाराम न्याैपानेकाे उपस्थितिमा कक्षा ४ का विपिन सुनार र कक्षा ५ मा अध्ययनरत सन्ध्या घर्तीलाई “अखट्यङ परिवार स्मृति पुरस्कार २०८७” मार्फत उनीहरुकाे शैक्षिक प्रगतिकाे कामना गर्दै साे पुरस्कार प्रदान गरिएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ । विद्यार्थीकाे अध्ययन रुचि र समग्र विकासमा टेवा पुर्‍याओस भन्ने ध्ययले स्वर्गीय आमाकाे स्मरणमा सानाे पुरस्कार प्रदान गरिएको र उहाँको स्मृतिमा थप अक्षयकोष तथा अन्य पुरस्कारको व्यवस्थालाई फराकिलो बनाइरहने ज्ञामुराम न्याैपानेले बताए ।

त्यस्तै आफ्नाे विषयमा उत्कृष्ट नतिजा निकाल्न सफल शिक्षक तथा  विद्यालयकाे विकासमा अमुल्य सहयाेग प्रदान गर्ने अभिभावकहरुलाई पनि सम्मान एवम् स्मरण गरिएको विद्यालयकी प्रधानाध्यापक शान्ता अर्यालले बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेगम गिरी अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि गाैमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरी रहेका थिए । कार्यक्रममा पालिकाका वडाध्यक्ष, अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि लगायतकाे भव्य उपस्थिति रहेकाे थियाे । शिक्षक चन्द्रबहादुर केसीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण हरि उपाध्यायले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले बिचबीचमा बिचबीचमा गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation