हाम्राे पहुँचकाे आज १५ औँ वार्षिकोत्सब

दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज १५ औं वार्षिकाेत्सब मनाउदै छ ।  संस्थाले विभिन्न कार्यक्रम गरेर १५ औँ वार्षिक उत्सव मनाउन लागेको हो ।

आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको क्षेत्रमा समाजका निम्न आय भएका वर्ग तथा समुदायहरुलाई एकतावद्ध गरि सिंगो सामाजिक विकासका लागि केहि गर्ने उद्देश्य राखेर सहकारी १५ वर्षअघि २०६४ सालमा स्थापना गरिएको हो ।

संस्थाले वचत तथा ऋण हुँदै सहकारी पेट्रोलपम्प, रेडियो हाम्रो पहुँच, विद्यालय र डेरी विभाग संचालन गरेको छ भने १ सय बढीलाई रोजगारी प्रदान गरेको छ । रोजगारीकै लागि विदेशीनुपर्ने अवस्थालाई अन्त्य गर्दै नेपालमै सहकारीका माध्यमबाट आर्थिक खोज्न सहकारीको स्थापना गरिएको अध्यक्ष शुक्रराज भण्डारीले बताए ।

यसैबिच आज बिहान ११ बजे हाम्रो पहुँच विद्यालयको प्राङगणमा उपस्थिति हुनका लागि सम्पुणर् सेयर सदस्य, बिज्ञापनदता, कर्मचारी, स्रोतालयागतलाई आग्रह गरिएको छ । बार्षिक उत्सबको अबसरमा उत्कृष्ट कर्मचारी, सेवाग्राही, बचतकर्ता, ऋणी, बिज्ञापनदातालाई सम्मान गरिने भएको छ ।

त्यसैगरी रेडियोका स्रोता, उच्च कारोवार गर्ने सेयर सदस्य, अक्षकोषदाता, जेष्ठ नागरिक र दुध बिक्रेता किसानलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । सो अबसरमा हाम्रो पहुँच सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीले बिजनेस र बिज्ञान प्रर्दशनी गर्ने छन् ।

यस्तै कार्यक्रममा गित, नृत्य, नाटक लगायतका प्रस्तुती हुने भएको छ भने संस्थाका बिभिन्न विभागले फरक फरक कार्यक्रम राख्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation