गाग्री-ताउला चाेरीमा संगलग्न २ जना व्यक्ति प्रहरी नियन्त्रणमा

चाेरी आतंकमा सबै वस्तु पर्न सक्छन्, सबै हरेक समय सचेत बनिराखाैँ !

साेमबार रातको समयमा जिल्लामा ताउला गाग्रीसमेत चाेरी गर्ने गिराेह पक्राउ परेकाे छ । प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं.०४ भिंगृमा खटिएको प्रहरी गस्ती टोलीले रोल्पा सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बस्ने वर्ष २८ को देवबहादुर पुन र लुङ्ग्री गाउँपालिका ६ गुम्चालका वर्ष १८ को भिमे परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

शंकास्पद ढंगले रातकाे समयमा हिँडिरहेका निज व्यक्तिहरुलाई खानतलासी गर्दा तामाजन्य भाँडाकुँडाकाे चाेरीमा संगलग्न भएको पाइएकाे हाे ।

अनुसन्धान गर्दै जाँदा जिल्लाका विभिन्न ठाउँबाट विभिन्न स्थानबाट चोरी गरि ल्याइएको भाडाँकुडाहरु (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १) र २ थान मोबाईल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation