कम्युनिस्ट एकताको अनिवार्यता

कम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ। सम्पुर्ण वर्ग र सम्पुर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रियता र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ । माओले भने जस्तै ‘कम्युनिस्ट सत्ता प्राप्त गर्ने हुटहुटि’ का साथ बलिदान गर्ने हजारौं सहिद, बेपत्ता, घाइते, अपांग, जेल हिरासत र भुमिगत हुने हजारौं कार्यकर्ता, लाखौं शुुभचिन्तक र ६५ प्रतिशत कम्युनिस्ट जनताको मनोभावना र दबाब अनुसार नेपालका कम्युनिस्ट पार्टीहरुको क्रान्तिकारी रुपान्तरणसहित बृहत कम्युनिस्ट एकता गर्नुपर्छ । त्यही एकजुट शक्तिले मात्र दलाल पुँजीपती वर्गलाई धुलोपिठो पार्दै समाजवादी सत्ता प्राप्त गर्न सकिन्छ।

 

शोभाराम राना मगर

आज संसारभरिका कम्युनिस्टहरु किन संकट ग्रस्त अवस्थामा पुगे ? नेपाली कम्युनिस्टहरु एकता हुन कुन चिज बाधक छ? कम्युनिस्टको टुट्फुट्ले कुन वर्गलाई नाफा र कुन वर्गलाई नोक्सानी गरेको छ? केन्द्रीकृत भएका दलाल पुँजीवादसँग विखण्डित भएर कम्युनिस्टहरुले विजय हाँसिल गर्न सकिन्छ भन्नु जनतालाई उल्लू बनाउनु होइन र? यी उत्तर हराएका प्रश्नहरुको उत्तर खोज्नु अहिलेको मुख्य आवश्यकता हो ।

जब कार्ल माक्र्स र फेडरिक एङगेल्सले आज भन्दा १ सय ७४ वर्ष पहिले (सन१८४८) मा कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित गर्नुभयो। विश्वभरि भुकम्पकीय हलचल पैदा भयो। जसले गर्दा सर्वहारावर्गलाई वैज्ञानिक मार्गदर्शन प्रदान ग¥यो भने शासक वर्गलाई सबैभन्दा ठुलो चुनौतीपूर्ण पहाड बन्यो । समग्र मानव जातिको मुक्तिका निम्ति वैज्ञानिक मार्गदर्शन भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जगबाट प्राप्त हुने वैज्ञानिक समाजवाद÷साम्यवाद हो। द्वन्दवाद त्यस्तो वौद्धिक हतियार हो जहाँ बौद्धिक हातहतियार मात्र नभएर आवश्यकता परे बल प्रयोगलाई अनिवार्य ठान्दछ। संसारका सम्पुर्ण मजदुर तथा श्रमिक मुक्ति संघर्षमा अगाडी बढेपछि पहिलोपटक रूसमा सोभियत संघ कम्युनिस्ट पार्टी (बोल्सेविक) ले सन १९१७ मा सर्वहारावर्गको राज्यसत्ता प्राप्त गरेसँगै यो लहरले युरोपभरि गति पायो । भियतनाम (सन १९४५), उत्तरकोरिया (सन १९४८), चीन (सन १९४९), क्युवा (१९५९) र सबैभन्दा पछिल्लो पटक लाओस (सन१९७५) मा कम्युनिस्ट सत्ता आयो तर रक्षा र विकास हुन सकेन भने नेपाल, भारत, श्रीलंका पेरु लगायतका मुलुकहरूमा रक्षा र विकासको कुरा होइन कम्युनिस्ट सत्ता नै आज सम्म प्राप्त भएको छैन किन? यहाँ नेपालको बारेमा उल्लेख गर्ने कोशिस हुन्छ अन्

विभाजनको क्रम

वि.सं. २००६ साल बैशाख १० गते भारतको श्याम बजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर पुष्पलाल श्रेष्ठले नेपाली भुमिमा पहिलोपटक कम्युनिस्ट पार्टीको बिउ रोपेका थिए। त्यसको २ वर्षपछि राज्यले प्रतिबन्ध लगाएर पार्टीलाई संकट पारेको बेला पार्टीपंक्ति एकजुट भएर प्रतिरोध गर्नुुको सट्टा उल्टै मनमोहन अधिकारीहरुले महासचिव पुष्पलाललाइ गणतन्त्र होइन संवैधानिक राजतन्त्र हुनुपर्छ भनेर पहिलोपटक पार्टी विभाजनको रेखा तयार गरे। बि.स. २०१७ सालमा राजा महेन्द्रले गरेको कुको विषयमा केशरजंग रायमाझी पक्षमा उभिदा विवाद बढ्दै गयो र अन्ततः वि स २०१९ सालमा नेकपाको ऐतिहासमा पहिलोपटक औपचारिकरूपमा विभाजन भयो । त्यस्तै सशस्त्र संघर्षमा जानेकी नजाने भन्ने विषय लिएर विवाद हुँदा वि.स.२०५१ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरुले नेकपा (माओवादी )गठन गर्दा नारायणकाजी श्रेष्ठहरुले नेकपा (एकता केन्द्र)पुनःर्गठन गरेका थिए ।

नेकपा (एमाले) भित्र महाकाली सन्धिको विषयमा विवाद हुँदा २०५४ सालमा सिपि मैनाली र वामदेव गौतमले पार्टी फुटाएर नेकपा (माले)पुनःर्गठन गरेका थिए । प्रचण्डको नेतृत्वमा पार्टी निर्माण भएको झन्डै दुई दशकपछि वि.स.२०६९ असार ४ गते मोहन वैध ‘किरण’ ले जनमुक्ति सेनाको बिधिवत विघटन लगायतका विषयमा विमति राखेर पार्टी विभाजन गर्दै नेकपा–माओवादी गठन गरे। त्यसको २ वर्षपछि २०७१ मंसिरमा नेतृत्वले क्रान्तिकारी कार्यदिशा निर्माण गर्न नसकेको भन्दै विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन भयो । भत्केको घरको संज्ञा दिदै वि.सं. २०७२ असोज १० गते एनेकपा (माओवादी) त्यागेर नयाँ शक्ति पाटी बताए। नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र) मिलेर २०७३ जेठ ३ गते नेकपा गठन मात्र होइन २०७४ सालको आम निर्वाचनमा एकल बहुमत लिएर नयाँ इतिहास कायम ग¥यो । विडम्बना वि.स. २०७७ फागुन २३ गते फेरि सर्वाेच्चले पुर्ववत पार्टी कायम गरिदियो। उता नेकपा एमाले पनि फुटेर माधब कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भयो । त्यस्तै गरि विप्लवको नेतृत्वमा पार्टी गठन भएको ७ बर्षपछि वि.स.२०७९ मा आउँदा विप्लव संसदीय व्यवस्थामा प्रवेश गरेको आरोप लगाउँदै धर्मेन्द्र वास्तोलाले पार्टी फुटाएर नेकपा (बहुमत) गठन गरे।

वि.स.२००८ साल देखी २०७९ साल सम्मको नेपाल कम्युनिस्ट पार्टी विभाजनको रुपरेखाबाट पहिलो कुरा आत्मगत स्थिति बलियो बनाएर लड्नुपर्ने जुनबेला हो त्यही बेला पार्टीभित्र अनावश्यक रुपमा लड्ने र पार्टी विभाजनको औचित्यता पुष्टि गर्न नसक्दै फेरि अर्को विभाजनको प्रक्रिया चलिरहनु अत्यन्तै दुुखद पक्ष हो । दोस्रो कुरा, पार्टी फुटमा साना नेता र कार्यकर्ताको कमजोरी भन्दा मुख्य नेतृत्वले निषेध गर्ने र बिद्रोहि पक्षको पनि तिव्र महत्वकांक्षामा मौलाएको हठातको निर्णयले नै कम्युुनिस्ट पार्टी विभाजनको मुुख्य कमजोरी हो। यस्तो अवस्थामा मुख्य नेतृत्वले जनवादी केन्द्रीयताको सिमा मिचेर निरंकुश, मनोगत, स्वैच्छिक र अहंकारी भएको देखिन्छ भने अर्कोतिर नेतृत्वलाई प्रतिक्रियावादी शक्तिले चौतर्फी हमला गरिरहेको कठिन घडीमा रचनात्मक, सिर्जनात्मक र आत्मैदेखी सहयोग दिएर नेतृत्व, पार्टी र जनताको रक्षा नगरेर उल्टै नेतृत्व, पार्टी र जनता विरुद्ध खनिएको देखिन्छ। चाहे पुष्पलाल श्रेष्ठ विरुद्ध मनमोहन अधिकारीको भुमिका होस् , चाहे प्रचण्ड विरुद्ध मोहन वैद्य –बादलहरुको भुमिका होस, चाहे मोहन वैद्यविरुद्ध विप्लव–प्रकाण्डको भुमिका होस, चाहे विप्लव विरुद्ध धर्मेन्द्र वास्तोला–सुुदर्शनको भुमिका होस्, चाहे केपि ओलीविरुद्ध माधव नेपालको भुमिका नै किन नहोस्, यी सबै भुमिकाको परिणाम नेपाली कम्युनिस्ट आन्दोलनमा क्षति नै पुगेको छ।

कम्युनिस्ट एकतामा अवरोध

कम्युुनिस्ट पार्टीको लक्ष्य समाजवाद÷साम्यवाद प्राप्त गर्ने हो भनेर सबै नेताहरूले आफ्ना प्रशिक्षण, बैठक, भेला, सम्मेलन र महाधिवेशनहरुमा ठुलो आवाजमा भाषण गर्ने मात्र होइन राजनीतिक दस्तावेजमा पनि त्यही लेख्छन्। समाजवादी राज्यव्यवस्थाको राजनीतिक लक्ष्य पुरा गर्नका लागि राजनीतिक, वैचारिक, सांगठनिक, आर्थिक र विज्ञान प्रविधिकको हिसाबले रुपान्तरण सहितको बलियो क्रान्तिकारी कम्युनिस्ट पार्टी हुन अनिवार्य आवश्यक छ। बलियो पार्टी बनाउन एउटै लक्ष्य भएका तर टुक्राटुक्रामा विभाजित कम्युनिस्टहरु एउटै विशाल घरमा बस्न तयार हुनुपर्छ । एकताको लागि कुन धातुले रोकेको छ त? एक, पार्टीहरुका मुख्य नेतृत्वहरु बीचमा व्यक्तिगत कुण्ठा, पुर्वाग्रह, अहंकार, जड्ता, घमण्ड र निरपेक्ष बुझाई हो, जसले गर्दा अरुको मत, धारणा, सुझाव र अस्तित्वको अस्वीकार गर्छ र एकताको जग बिथोल्ने गर्छ। लङ्का साम्राज्यका सम्राट रावण विश्व जित्ने सपना बोकेका एलेक्जेण्डर, नाजिवादी विस्तारवादका कमान्डर हिटलर देखी बहुदलीय प्रजातन्त्रको बन्ध्याकरण गर्न खोज्ने ज्ञानेन्द्र शाहसम्मको इतिहासले घमण्ड र अहंकारले एकता होइन विभाजन लिन्छ र विजय होइन पराजय हुन्छ भन्ने देखाउँछ । यस्ता दृष्टान्त विश्वभरी हजारौं भेटिन्छ।

दुई, मुख्य नेतृत्वहरु व्यवहारिक रुपमै निजि स्वार्थभन्दा सर्वहारा वर्गको स्वार्थमा केन्द्रीकृत हुनुपर्छ । आफ्नो पद, जिम्मेवारी र भुमिकाको विषयमा नेताहरू उदार नहुन नै एकताको वातावरण बिथोल्नु हो। समाजवादको सदस्य हुने कि बुुर्जुुवा पार्टीमा रहने ? सबैको जवाफ हुन्छ समाजवादको सदस्य हुन्छौँ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोहन वैद्य, बाबुराम भट्टराई, विप्लव, कन्चनहरु मात्र होइन केपि ओली, माधब नेपालहरु बस्न तयार हुनुपर्छ । अथवा मोहन वैद्यको नेतृत्वमा प्रचण्डदेखि माधब नेपालहरु बस्न तयार हुनुपर्छ। यस्तै प्रकारले सांगठनिकरुपले जो जसको नेतृत्वमा बस्दा समाजवाद प्राप्त गर्न सकिन्छ त्यसकै आधारमा बस्ने नभई जे गर्दा मुख्य समग्र क्रान्तिको अभिभारा पुुरा हुन सक्छ त्यसमा सबै एकठाउँ हुुनुुपर्छ । आपसी बिग्रह गर्ने प्रवृत्तिले पार्टी एकताको मात्र होइन, कम्युनिस्टको गन्तव्यमा पुग्ने बाटो बन्द भएको छ।

तीन– एकता, संघर्ष र रुपान्तरणको तथा आलोचना÷ आत्मआलोचनाको विधिबाट समस्याको समाधान नखोज्नु एकताको बाधक तत्व हो। राजा महेन्द्रको कु लाई समर्थन गर्ने केशरजंग रायमाझीदेखि दुई÷ दुईपटक संसद विघटन गर्ने केपि ओलीसम्मले आफ्नो गल्ती स्वीकार्नु पर्नेमा उल्टो गोयबल्स शैलीमा सहि साबित गर्न खोज्नु लामो संघर्षको बलिदानीबाट प्राप्त भएको संघीय लोकतान्त्रिक व्यवस्थाको गम्भीर अपमान हो ।

एकताको सूत्र

कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनको लागि जुन चिज बाधक छ त्यही चिज हटाउनुपर्छ । त्यही नै अहिलेको मुख्य कार्यभार हो। कम्युनिस्ट पार्टीहरुमा व्याप्त सैद्धान्तिक, वैचारिक, कार्यनीतिक र कार्यदिशामा भएका मतभेदहरु मेटाउने गरि घनिभुत वहसमा सहभागी भएमा एकताको आधार तयार हुुनसक्छ। कम्युनिस्ट पार्टी विभाजनको मुख्य कारण वैचारिक नभई सहायक नै देखिन्छ । यद्यपि राजनैतिक, वैचारिक, सैद्धान्तिक र कार्यदिशाको आधारमा मिलाएर एकताको जग ढलान गरियो भने समाजवादको बलियो घर निर्माण गर्ने मार्ग खुल्ला हुन्छ ।

दोस्रो, पार्टी कार्यकर्ता विशेषगरि मुख्य नेतृत्वहरुको प्रवृत्ति, आचरण, व्यवहार र कार्यशैली मालेमावादी आदर्शबाट निर्देशित हुनुपर्छ । प्रचण्ड, बाबुराम भट्टराई, केपि ओलि, किरण ,विप्लव, माधव नेपाल, कंचन लगायतका नेताहरूको एक आपस भएका घमण्ड, निजी अहंकार, आग्रह, पुर्वाग्रह, कुन्ठा र सामन्तवादी रुझान जोसँग जति छ त्यो अनिवार्य हटाउनु पर्छ ।

इतिहासको शिक्षा र जीवनानुभुतीसहित माओले “पुरानो आदतको सत्ता विरुद्ध महान सांस्कृतिक क्रान्ति संचालन गर्नुभएको थियोे“ त्यस्तै गरि नेपालमा पनि नेताहरूले आदतको सत्ता विरुद्ध निर्मम बनेर आफ्नो वर्ग, लक्ष्य, उदेश्यलाई क्षति पुग्ने पुरानो आदतको सत्तालाई चुडाल्दै कम्युनिस्ट संस्कृतिको व्यवहार लागु गर्नुपर्छ । जसले गर्दा नेताहरू एउटै बाटो एउटै गन्तव्य पुग्ने ढोका खुल्छ ।

तेस्रो, कुनै बेला जीवन त्याग्न तयार भएका नेताहरू आज मुख्य नेता बन्ने स्वार्थ त्याग्नुपर्छ । चाहे झापा बिद्रोहको बेला होस् या १० वर्षीय जनयुद्धको बेला, चाहे ०६२÷०६३ सालको जनआन्दोलन या एकीकृत जनक्रान्तिको (०७४÷०७७)नाममा पछिल्लो पटक बलिदान गर्ने सबै सहिदहरु कुनै अमुखे नेतालाई महानता बनाउनका लागि बिद्रोह, संघर्ष,
आन्दोलन र युद्धमा होमिएका थिएनन् । उनिहरु कम्युनिस्ट सत्ता प्राप्त गर्नका लागि मात्र होमिएका थिए ।

दुधे बच्चासहित प्यारी जीवनसंगिनी, अस्ताउन लागेका वृद्ध बा आमा र खाईपाई आएको जागिर छोडेर भुमिगत हुन तयार, जेल हिरासत बस्न मात्र होइन चरम यातना भोग्न तयार, आफू लडाइँमा जाँदा सहिद भएपछि आफैलाई गाड्ने गैंटी, कोदालो, सावेल (खाल्डो खन्ने भाडा) बोक्न तयार, पार्टीले जुनसुकै ठाउँमा जुनसुकै जिम्मेवारीमा भएपनि काम गर्न तयार नेताकार्यकर्ताहरु आज पद, जिम्मेवारी, भमिका र अवसरको मोहबाट विल्कुुल टाढा हुनुपर्छ । नेपालका समकालीन कम्युनिस्ट पार्टीका मुल नेतृत्वहरु मृत्युको मुखबाट बचेर आएको नाफाको जीवन हो। त्यो बाँकी जीवन निच पदीय स्वार्थ लागि होइन समाजवादका लागि बिताउन तयार हुनुपर्छ ।

चौथो, आफ्नो कमजोरी आफै स्वीकार गरेर त्यसलाई नदोहो¥याउन प्रतिबद्धता हुनुपर्छ । आफ्नो शरीरमा भैंसी हिडेको नदेख्ने तर अरुको शरीरमा जूम्रा हिडेको देखिन्छ भन्ने नेपाली उखान जस्तै राजनीतिमा पनि छ। आफ्नो कमजोरी सुधार्न होइन, देख्दै नदेख्ने तर अरुको तिललाई पहाड बनाउने प्रवृत्ति हटाउनु पर्छ अनि कम्युनिस्ट एकताको वातावरण बन्छ । वि.स.२०४१ सालमा सेक्टर काण्ड असफल भएपछि मेरो कमजोरी भो भनेर मोहन वैद्यले उच्च नैतिकताका साथ प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरे जसले गर्दा नयाँ नेतृत्व प्रचण्डले जनयुद्धको सफल कमान्ड गरे ’गद्दार पुष्पलाल’ नामक पुस्तक लेखेर मैले कम्युनिस्ट आन्दोलनप्रति क्षति नै पुग्यो भनेर मोहन विक्रमले ढिलै भएपनि स्वीकार गरे, नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट पारित २१ औ शताब्दीमा समाजवादको नेपाली बाटो नामक राजनैतिक दस्तावेजमा १२ बुदे विस्तृत शान्ति सम्झौता, सेना समायोजन, बाहिर शान्ति सविधानसभा र मनमा बिद्रोहको नीति लिदा नेतृत्वले जनवादी केन्द्रीयताको सिमा मिचेर कमजोरी गरे भनि गल्ती स्विकार्नु खण्डित भएका पूर्व माओवादीहरुलाई एकतामा बाँध्ने एउटा पहल थियो। यसकै प्रभावले हुनुपर्छ बाबुराम भट्टराई २०७९ को प्रतिनिधि सभा चुनावमा आफुले जित्ने निश्चित हुँदाहँुदै पनि आफ्नो निर्वाचन क्षेत्रबाट प्रचण्डलाई दिने मात्र होइन आफ्नो छोरी मानुसी यमि, महेन्द्र राय यादव लगायत आफ्नो पार्टीका सबै उम्मेदवारलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनावमा सहभागी बनाए ।

चुनाव लगत्तै पार्टी एकता गर्ने सहमति कार्यान्वयन नजिक पुगेको बुझिन्छ । माओवादी केन्द्रले पनि उपाध्यक्ष कृष्ण वहादुर महरा संयोजक, महासचिव देब बहादुर गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल सदस्य रहेको वृहत् वाम एकता पहल समिति गठनसँगै काम थाल्नु र माधब नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पनि महासचिव बेदुराम भुसालको संयोजकत्वमा ३ सदस्यीय वाम एकता पहल समिति गठन गर्नु औपचारिक रूपमा नै देखिने सुखद संकेत हो। आफुलाई वामपन्थी पार्टी भन्ने जो कोहि पार्टीलाई पनि यो एकताको वहसबाट भाग्ने छुट छैन् । तसर्थ एकताको पहल समिति गठन नगरेका पार्टीले तत्काल गठन गरि एकताको ऐतिहासिक कार्यमा सहभागी बनौं ।

अन्त्यमा, कम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ। सम्पुर्ण वर्ग र सम्पुर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रियता र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ । माओले भने जस्तै ‘कम्युनिस्ट सत्ता प्राप्त गर्ने हुटहुटि’ का साथ बलिदान गर्ने हजारौं सहिद, बेपत्ता, घाइते, अपांग, जेल हिरासत र भुमिगत हुने हजारौं कार्यकर्ता, लाखौं शुुभचिन्तक र ६५ प्रतिशत कम्युनिस्ट जनताको मनोभावना र दबाब अनुसार नेपालका कम्युनिस्ट पार्टीहरुको क्रान्तिकारी रुपान्तरणसहित बृहत कम्युनिस्ट एकता गर्नुपर्छ । त्यही एकजुट शक्तिले मात्र दलाल पुँजीपती वर्गलाई धुलोपिठो पार्दै समाजवादी सत्ता प्राप्त गर्न सकिन्छ। संसारका पुँजिपतीहरु बहुराष्ट्रिय कम्पनी, विश्व बैंक, आईएनजिओ लगायतका माध्यमबाट एकजुट भएर कम्युनिस्टहरुलाई संसारबाटै संकट ग्रस्त अवस्थामा पु¥याएका छन् । यस्तो विशिष्ट परिस्थितिमा कम्युनिस्टहरु आपसमा लडेर कम्युनिस्टलाई नै पतन बनाएर कलंकित इतिहास निर्माण गर्ने होइन, कम्युनिस्टहरु एकताबद्ध भएर कम्युनिस्ट दर्शन, विचार र सर्वहारा वर्गको राज्यसत्ताको स्थापना, रक्षा र विकास गर्नु आजको अनिवार्यता हो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation