प्यूठान महाेत्सवकाे स्टल बुकिङ खुला, डान्स विजेताले पाउनेछन् ५५ हजार नगद

  • लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ् खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ् खुला गर्ने निर्णय गरेको हो ।

कृषि उपज उत्पादन प्रर्दशनीका लागि निःशुल्क स्टल उपलब्ध गराईने मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो । त्यसैगरी संघका सदस्यहरुलाई स्टल शुल्कमा २५ प्रतिशत छुट दिइनेछ । स्थानीय उत्पादन, महिला तथा लघु उद्यमीहरुबाट उत्पादित बस्तुहरुको विक्रिका लागि न्यून शुल्कमा स्टल उपलब्ध गराईने खनालले बताउनुभयो ।

बुकिङ्ग भएका स्टलहरु फागुन ३ गते दिउँसोसम्म सजावत गरिसक्नुपर्ने समय सिमा तोकीएको स्टल व्यवस्थापन समितिका संयोजक रमेश पौडेलले जानकारी दिनुभयो ।
महोत्सव फाल्गुन ४ गते देखि १४ गतेसम्म चल्नेछ

स्वर्गद्वारी प्यूठान पाँचौ महाेत्सबकाे अवसरमा हुने डान्स आइडलकाे पालिकाकाे अडिसनकाे कार्यसूचि पनि आयाेजकले सार्वजनिक गरेको छ ।

अडिसन हुने स्थानहरु

माघ २१ गते: सरुमारानी गाउँपालिका बड्डडाँडा
माघ २२ गते: माण्डवी गाउँपालिका जस्पुर
माघ २३ गते : स्वर्गद्वारी नगरपालिका जलुके
माघ २४ गते : ऐरावती गाउँपालिका बरौला
माघ २५ गते : गौमुखी गाउँपालिका ठुलाबेशी
माघ २६ गते: झिमरुक गाउँपालिका मच्छी
माघ २७ गते: नौबहिनि गाउँपालिका बाहाने
माघ २८ गते: मल्लरानी गाउँपालिका चुजाठाँटी
माघ २९ गते: प्यूठान नगरपालिका जुम्री

अडिसन शुल्क  १ सय रुपैयाँ लाग्ने छ भने अन्य चरणहरुमा प्रतियोगिहरुबाट शुल्क नलिइने उद्याेग वाणिज्य संघ भित्रिकाेट बजार इलाकाका अध्यक्ष प्यार अलि खानले बताएका छन् । आफ्नो प्रतिभा/क्षमताको प्रदर्शन गरेेर विजयी हुनेले रु ५५ हजार हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation