स्वर्गद्वारी क्याम्पसका संस्थापक तिवारीकाे सम्झनामा हाजिरी जवाफ, काे हुन् मुख्यनाथ ?

 

स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुख्यनाथ तिवारीको २६ औँ स्मृति दिवशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो ।

उक्त हाजिरीजवाफ प्रतियोगितामा क्याम्पसका विभित्र संकायमा अध्ययनरत ५ वटा समूह सहभागी भएका थिए । जसमा प्रथम स्थानमा समुह १ को सम्झना भण्डारीको समुह, द्वितीय स्थानमा समुह ४ को टोपेन्द्र बस्नेतको समुह, तृतीय स्थानमा समुह ५ को माधब घर्ती र समुह २ को केशर सुनारको समुह शान्त्वना भएको हो ।

विजयी भएका समुहलाई कमश प्रथमलाई रु. १५००, द्वितियलाई रु. १२००, तृतीयलाई रु. १००० र सान्त्वनलाइ रु ८०० नगद पुरस्कार प्रदान गरिएको थियो । एम.एड चौथो सेमेस्टरमा अध्यानरत छात्र शिक्षक टिकाराम रिजाललेकाे पहलमासमेत गरिएकाे उक्त हाजिरिजवाफ प्रतियोगिताकाे पुरस्कार साैजन्य पनि रिजालले गरेका थिए भने कार्यक्रमकाे आयाेजना क्याम्पस ले नै गरेको हो ।

क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले यस्ता विविध कार्यक्रमहरु क्याम्पसमा प्रत्येक हप्ताको एकपटक गर्नुपर्नेमा जाेड दिँदै यसले विद्यार्थीहरुकाे शैक्षिक मनोज्ञान वृद्धिसँगै अन्य सृजनशीलतामा टेवा दिने बताए । उनले स्वर्गीय मुख्यनाथ तिवारीले भारतबाट आएर पनि प्यूठानको शैक्षिक जगतमा अतुलनीय याेगदान पुर्‍याएकाे बताए । सँस्थापक क्याम्पस प्रमुख स्व.मुख्यनाथ तिवारी शिक्षाको दिप ज्वलन गर्ने एक उदाहरणीय व्यक्ति रहेको सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्माले बिस्तृत जानकारी दिएका छन् ।

   को हुन त स्वर्गीय मुख्यनाथ तिवारी ?

पहिले पहिले प्राय शिक्षा दिने शिक्षकहरुको अभाव हुने गर्दथ्यो । त्यस्तै तिवारीलाई बि.सं. २०१५ साल भदौ महिनामा भारतमा गएर खोजेर ल्याईएको थियो । त्यसपछि महेन्द्व मावि खलाङ्गा , पदमोदय मा. वि, दार्माचाैर सल्यान , बालकल्याण मावि रोल्पा लिवाङमा अध्यापन गराए । वि स. २०३७ सालमा उनकै पहलमा स्वर्गद्वारी बहुमुखी क्याम्पस खुलेपछि पहिलो क्याम्पस प्रमुखकाे रुपमा रहेका थिए । तिवारी भारतमा जन्मेर पनि नेपाललाई कर्मथलो बनाई शिक्षाको क्षेत्रमा विशेष जोड दिएका थिए ।

तिवारीले वैवाहिक सम्वन्ध यसै जिल्लामा बिहेबारी गरी बसेका थिए । तिवारी शिक्षा क्षेत्रमा मात्र नभई जिल्लाको भलिबल खेलको सुरुवातकर्ता समेत रहेका थिए । क्यान्सर रोगबाट ग्रसित रहेका तिवारीको २०५३ माघ २१ गते देहावसान भयो । तिवारीको हाल प्यूठान दम्तीमा घर रहेको छ । प्यूठानको शैक्षिक जगतकाे उनन्यमा मुख्यनाथ तिवारीकाे भूमिका अमर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation