सरकारले बढायो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।मध्यराति १२ बजेदेखीपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेलरमटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।

‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा भनेको छ ।

१६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८।१ रुपैयाँ, डिजेलमा ७।९८ रुपैयाँ, मटितेलमा ४। ६१ रुपैयाँ र हवाई इन्धनमा ७।८ रुपैयाँ मुल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टीकरण छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation