कुमाखमा राष्ट्रपति रनिङ शिल्डकाे उद्घाटन

सल्यान जिल्लाकाे कुमाख गाउँपालिकाले ५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उदघाटन गरेको छ । उदघाटन कार्यक्रम कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि सल्यान जिल्ला समन्वय समितिका उप :प्रमुख असबिर बुढाथोकीले गरेका थिए ।

उदघाटन कार्यक्रममा देश र जनताका निम्ति आफ्नो ज्यान गुमाएका सहिद प्रती १ मिटेन मौनधारण गरिएकाे थियाे भने राष्ट्रिय गान पनि गाइएकाे थियो ।

कार्यक्रममा नारायण माविका सहायक प्रधानाध्यापक धन बहादुर रावतले स्वागत मन्तव्य राखेक थिए । उनले खेलाडीलाई अनुशासन र सभ्य खेलाडीकाे उत्कृष्ट प्रदर्शनसहित विजयकाे शुभकामना पनि दिए ।

कार्यक्रम बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि भिम भारतीले नेपालकाे दलाल संसदीय कुरुपताकाे उकुसमुकुसतामा खेल जगत र  खेलाडी पनि जकडिएकाे बताए । उनले असल खेलाडीलाई राज्यले उचित तलबभत्ता र भरणपोषणकाे व्यवस्था गरेमात्र खेल जगतले उपलब्धि हासिल गर्ने  दाबीसमेत गरे ।

कार्यक्रमकाे विशिष्ट अतिथि कुमाख गाउँपालिका पूर्व अध्यक्ष दिलमाया बुढामगरले खेल क्षेत्र देशको निकै महत्त्वपूर्ण बिधा भएकोले खेलाडीहरु अनुशासन र मर्यादामा रहन जरुरी भएकाे बताइन् ।

प्रमुख अतिथि असबिर बुढाथोकीले खेल राष्ट्र र स्वास्थ्यकाे लागि निकै महत्त्वपूर्ण भएकोले खेलाडीहरुले कडा मिहिनेत र अनुशाशीत ढंगबाट खेलेमा मात्रै खेलाडीको खास पहिचान हुने बताए । कार्यक्रमकाे सजिकरण नारायण माविका प्रधानाध्यापक देबेन्द्र रावतले गरेका थिए । राष्ट्रपति रनिङ शिल्ड सबै इभेन्ट खेलमा प्रधिस्पर्दा हुँदै माघ २८ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation